गैरआवासीय नेपाली संघ र युएन ओमनबीच नयाँ सम्झौता सम्पन्न 

-- The NTA / प्रकाशित मिति : बिहिबार, जेष्ठ २७, २०७३
nrn and omen     काठमान्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्र संघीय महिला कार्यक्रम (युएन ओमन) नेपाल कार्यालयवीच महिला शसक्तिकरणमा सहकार्य गर्न हालै एक सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ केन्द्रिय प्रवक्ता रञ्जु थापाले एक प्रेस बिज्ञप्ति जारि गरि यस सम्बन्धि जानकारी दिनु भएको छ ।  थापाद्द्वारा जारि प्रेस बिज्ञप्तिका अनुसार दुई बर्षअघि (५ अगष्ट २०१४) मा भएको सम्झौतापत्रमा हाल नयाँ कार्यक्षेत्र थप गर्दै गत जुन ७ तारिखका दिन यो सम्झौतालाई नविकरण गरिएको हो  । सम्झौतापत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र युएन ओमनका आवासीय प्रतिनिधि जियाद शेखले हस्ताक्षर गर्नु भएको छ ।
यो सम्झौतामार्फत दुवै संस्थाको स्रोतसाधन र सहकार्यबाट महिला सशक्तिकरण गर्ने तथा महिला सशक्तिकरणको लागि महिला पुरुष संगसंगैको अवधारणलाई अघि बढाउन दुवै संस्था सहमत भएका छन् । गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा निर्माण गर्न लागेको नमुना वस्तीका प्रभावित महिला समुदायको सशक्तिकरण, बिदेश जाने महिला कामदारको सशक्तिकरण लगायतका बिषयहरुमा दुवै संस्थाले मिलेर काम गर्ने नयाँ सम्झौतामा उल्लेख छ । कार्यक्रमलाई संवोधन गर्दै युएन ओमनका आवासीय प्रतिनिधि जियाद शेखले संघ र यूएनओमनको सहकार्यको दुई बर्षमा महिला सशक्तिकरण सम्बन्धि कार्यमा केहि उपलब्धी हासिल भएको बताउन भयो । दुवै संस्था मिलेर अझै धेरै काम गर्न सकिने सम्भावना भएका कारण सम्झौता नविकरण गरिएको र यसले थप उर्जा र कार्यदिशा तय गर्न मद्दत गरेको शेखले बताउनुभयो ।
एनआरएनएले निर्माण गर्न लागेको लाप्राक नमूना बस्ती निर्माणमा महिलाको उल्लेखिय तथा निर्णायक सहभागिताको आवश्यकता  रहेको वताऊँदै लाप्राकका महिलाहरुको सशक्तिकरणमा यूएन ओमनले आवश्यक सहयोग गर्ने कुरा यस सम्झौतापत्रले सूनिश्चित गरेको जनाईएको छ ।  त्यस्तै संघका अध्यक्ष घलेले सहकार्यको महत्व गहन भएको र सहकार्यबाट नै धेरै चूनौतिपूर्ण कार्य सम्पन्न गरिएको बताउदै संघ र यूएन ओमनको यस सम्झौतापत्रले स्वदेश तथा विदेशमा रहेका महिलाहरुको सशक्तिकरणमा सहयोग पुराउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । हाल विदेशमा पनि नेपाली परिवारहरु माझ घरेलु हिंसा र पति-पत्नीबीचका असमझदारी सार्वजनिक हुन थालेको भन्दै घलेले यस्ता घटनाहरुले  आफूलाई निकै चिन्तित तुल्याएको वताउनुभयो । यस सम्झौताले गैरआवासीय नेपाली संघले लाप्राकमा विकाश गर्न लागेको नमुना वस्तीका प्रभावित महिलाहरुको सशक्तिकरणमा सहकार्य गर्ने बाटो खुलेको भन्दै उहाँले लाप्राकमा नमुना वस्तीसंगै महिला सशक्तिकरणको पनि काम गर्ने बताउनुभयो । संघसँग स्रोत र इच्छाशक्ति दुवै भएकोले तत्कालै पुनःनिर्माणको काम सुरु गर्ने पनि अध्यक्ष घले  बताउनुभयो ।
उक्त सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बासकोटा, महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मी, यूएन ओमनाका कार्यक्रम बिशेषज्ञ सरु जोशी, मेन इंगेज अलाइन्स नेपालका संयोजक कपिल काफ्ले लगाएत गैरआवासीय नेपाली संघका सदस्यहरुको उपस्थिती थियो ।
(Photo by : NRNA)