गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमवार साँझ ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ । भक्तराज पिता बलभद्र र मात रेनुकाको कोखबाट विसं १९९९ असोज १६ गते धनकुटामा जन्मिएका थिए । भजन शिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए। भक्तराज सूर सम्राट मानिन्छन् ।
उनका दुई सुपुत्र सत्यराज र स्वरुपराज पनि संगीत साधनामा पिताजीकै पथमा सत्रिय रहेका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुध्दका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेम, एकदिन जस्ता अमर गीतहरु जनमनमा भिजेका छन् । त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले हुन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...