गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमवार साँझ ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ । भक्तराज पिता बलभद्र र मात रेनुकाको कोखबाट विसं १९९९ असोज १६ गते धनकुटामा जन्मिएका थिए । भजन शिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए। भक्तराज सूर सम्राट मानिन्छन् ।
उनका दुई सुपुत्र सत्यराज र स्वरुपराज पनि संगीत साधनामा पिताजीकै पथमा सत्रिय रहेका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुध्दका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेम, एकदिन जस्ता अमर गीतहरु जनमनमा भिजेका छन् । त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...