मुख्यमन्त्री जम्कट्टेललाई तेस्रो पटक विश्वासको मत
हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । प्रदेश सभाको सोमवार बसेको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएका हुन् । नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो ।
१ सय १० सदस्य रहेको बागमती प्रदेश सभाको सोमवारको बैठक मतदानमा उपस्थित १०८ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ५६ मत र विपक्षमा ३७ मत परेको प्रदेश सभाका सभामुख भुवन पाठकले जानकारी गराए । विश्वासको मतका लागि भएको मतदानमा १५ जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।
मुख्यमन्त्रीद्वारा राखिएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीले मत दिएका छन् । हाम्रो नेपाली पार्टीका एक जना प्रदेश सभा सदस्य अनुपस्थित रहेका थिए । नेपाली कांग्रेसका सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र र नेपाल मजदुर किसान पार्टी तटस्थ रहेका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत वर्ष माघ ३ गते र चैत १० गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका थिए ।
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...