विश्व उद्यमशीलता शिखर सम्मेलन २०१६ मा आठ नेपाली प्रतिनिधिहरू छानिए

२०७३ असार ८ गतेदेखि १० गतेसम्म क्यालिफोर्नियास्थित पालो आल्टोमा आयोजना हुने विश्व उद्यमशीलता शिखर सम्मेलन (जीईएस) मा नेपालबाट आठ जनाले सहभागिता जनाउने जानकारी अमेरिकी द”तावासले गराएबो छ । सो शिखर सम्मेलनमा लगानीकर्ता, कार्यकारी अधिकृत र व्यावसायिक अगुवा लगायत विश्वभरका ७०० भन्दा बढी उद्यमीहरूले भाग लिँदैछन् । नेपाली सहभागीहरूमा एलिशा तुलाधर, भुवन आचार्य, डा. विशाल ढकाल, विश्वास ढकाल, ईशु सुवेदी, राजेशलाल जोशी, सुमना श्रेष्ठ र टीकाराम पौडेल रहनुभएको छ ।
राष्ट्रपति बाराक ओबामाका साथै वाणिज्य मन्त्री पेनी प्रिट्जकर, साना व्यवसाय प्रशासनका प्रशासक मरिया कन्ट्रेरास स्वीट, युएसएआईडीका प्रशासक गेयल स्मिथ, विश्वव्यापी महिलाका सवालहरूसम्बन्धी महादूत क्याथरिन रसेल, सार्वजनिक कूटनीति तथा सार्वजनिक मामिलासम्बन्धी उप-विदेशमन्त्री रिचर्ड स्टेङ्गल लगायतका अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरू समेतले विश्वभरका यी प्रतिभाशाली उद्यमीहरूसँगै कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।
यो शिखर सम्मेलन जीईएसको सातौँ संस्करण हो । यसअघिका संस्करणहरू टर्की, संयुक्त अरब इमिरेट्स, मलेसिया, मोरक्को तथा केन्याका सरकारहरूले आयोजना गरेका थिए । अमेरिकामा उक्त सम्मेलन फेरि आयोजना गर्ने प्रयासका क्रममा राष्ट्रपति ओबामाले विश्वव्यापी चुनौतीहरूलाई मिलेर सामना गर्ने सेतुहरूको निर्माण गर्ने प्रतिबद्धतामा जोड दिनुभएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...