सत्य निरुपणमा ४५ हजार उजुरी

काठमाडौं— द्वन्द्वकालको घटनामा भएका ज्यादती विरुद्ध न्याय दिने उदेश्यले स्थापना गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिनेको संख्या ४५ हजार भन्दा बढि भएको छ । माओवादीद्वारा गरिएको १० वर्षे शसस्त्र आन्दोलनका क्रमका ४५ हजार पीडितले उजुरी दर्ता गरिसकेको आयोगले जनाएको छ । गत जुन १६ तारिखदेखि एक महीनाका लागि थपिएको समयमा यो संख्या ५० हजार पुग्न सक्ने अनुमान गरिएको छ ।
आयोगले परेका उजुरीको प्रारम्भिक चरणमा द्वन्द्वकालको घटना भएकाले आवश्यक प्रमाण पुगे/नपुगेको अध्ययन गर्नेछ । प्रमाण नपुगेका र आयोगको कार्यक्षेत्रभित्र नपरेकालाई तामेलीमा राखेर काम अघि बढाउने तयारी गरेको छ ।
आयोगका सदस्य मञ्चला झाका अनुसार हत्या, विस्थापित, सम्पति कब्जा आदिको उजुरीलाई पहिलो चरणमा छुट्याइनेछ, त्यसपछि मात्र दोस्रो चरणका अनुसन्धान प्रारम्भ गरिनेछ ।
आयोगले दोस्रो चरणमा गम्भीर प्रकृतिका अपराध जस्तै हत्या, अपहरण, बलात्कार, शारीरिक र मानसिक यातनालाई हेर्नेछ । त्यससम्बन्धी उजुरी आयोगका पाँच पदाधिकारीले मात्र हेर्ने तय भएको छ । झाका अनुसार गम्भीर अपराधका उजुरी खामबन्दी हुन्छ, त्यो खोल्दै खोलिंदैन, पाँचजना पदाधिकारी बसेर मात्र छलफल गरिनेछ ।
आयोगले मनाङ र मुस्ताङ बाहेक ७३ जिल्लाबाट उजुरी संकलन गरिरहेको छ । त्यसमध्ये मध्यमपश्चिमबाट सबैभन्दा बढी उजुरी आएको छ । रुकुम, रोल्पा, सल्यान, सुर्खेत, दैलेखलगायत जिल्लाबाट उजुरी बढी परेको आयोगले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...