गजल पुरस्कार असिम सागरलाई

अष्ट्रेलियाका युवा साहित्यकार तथा गायक प्रदीप चापागाईले स्थापना गरेको जोगमाया गजल पुरस्कार यसबर्ष गजलकार असिम सागरलाई प्रदान गरिने भएको छ । चापागाईले आफ्नी हजुरआमाको नाममा स्थापना गरेको जोगमाया चापागाई फाउण्डेसन मार्फत प्रदान गर्न लागेको उक्त पुरस्कार २५ हजार रुपैया नगद र ताम्रपत्र रहेको छ ।
चापागाईले पुरस्कार यसबर्षको दशैं र तिहारको बिचमा नेपालमा एक कार्यक्रम आयोजना गरेर प्रदान गरिने जानकारी दिएका छन् । उक्त गजल पुरस्कार यसबर्षदेखि स्थापना गरिएको हो भने पुरस्कार राशी प्रत्येक बर्ष बढाउदै लगिने फाउण्डेसनकी ज्योती चापागाईले जानकारी दिएकी छिन् । पहिलोपटक यो पुरस्कार पाउने गजलकार सागरका दुई गजल संग्रह ‘जुन पोखिएको रात’ र ‘अस्तित्वका आवाजहरु’ प्रकाशित छन र एकल गजल एल्बम ‘स्वर्गको सपना’ प्रकाशित छ ।
साहित्यकार सागरको साहित्यिक यात्रा अझ निरन्तर र सृजनशील रुपमा अघि बढोस भन्ने उद्देश्यले पहिलो पुरस्कार उनलाई प्रदान गर्न लागिएको जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ । नेपाली साहित्य सृजना लागिपरेका नेपाली साहित्यकारहरुलाई सम्मान र प्रोत्साहन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनीहरुले बताएका छन् । चापागाईका अनुसार फाउण्डेसनले छैमले काठमाडौमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको बताएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...