गजल पुरस्कार असिम सागरलाई
अष्ट्रेलियाका युवा साहित्यकार तथा गायक प्रदीप चापागाईले स्थापना गरेको जोगमाया गजल पुरस्कार यसबर्ष गजलकार असिम सागरलाई प्रदान गरिने भएको छ । चापागाईले आफ्नी हजुरआमाको नाममा स्थापना गरेको जोगमाया चापागाई फाउण्डेसन मार्फत प्रदान गर्न लागेको उक्त पुरस्कार २५ हजार रुपैया नगद र ताम्रपत्र रहेको छ ।
चापागाईले पुरस्कार यसबर्षको दशैं र तिहारको बिचमा नेपालमा एक कार्यक्रम आयोजना गरेर प्रदान गरिने जानकारी दिएका छन् । उक्त गजल पुरस्कार यसबर्षदेखि स्थापना गरिएको हो भने पुरस्कार राशी प्रत्येक बर्ष बढाउदै लगिने फाउण्डेसनकी ज्योती चापागाईले जानकारी दिएकी छिन् । पहिलोपटक यो पुरस्कार पाउने गजलकार सागरका दुई गजल संग्रह ‘जुन पोखिएको रात’ र ‘अस्तित्वका आवाजहरु’ प्रकाशित छन र एकल गजल एल्बम ‘स्वर्गको सपना’ प्रकाशित छ ।
साहित्यकार सागरको साहित्यिक यात्रा अझ निरन्तर र सृजनशील रुपमा अघि बढोस भन्ने उद्देश्यले पहिलो पुरस्कार उनलाई प्रदान गर्न लागिएको जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ । नेपाली साहित्य सृजना लागिपरेका नेपाली साहित्यकारहरुलाई सम्मान र प्रोत्साहन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनीहरुले बताएका छन् । चापागाईका अनुसार फाउण्डेसनले छैमले काठमाडौमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको बताएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...