पोर्चुगलले जित्यो युरोकपको उपाधि

पेरिस— आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। इडरको अतिरिक्त समयमा गरेको गोलले गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो । पहिलो हाफको २१औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण मैदानबाट बाहिरिँदा पोर्चुगल दबाबमा आएको थियो । पोर्चुगलका गोलरक्षक रुई प्याट्रीसोले एन्टिनो ग्रिजम्यान र सिजारेको उत्कृष्ट प्रहार बचाएका थिए ।
निर्धारित ९० मिनेटमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९औं मिनेटमा इडरले गोल गर्दै पोर्चुगललाई १-० गोलको अग्रता दिलाएका थिए । यसअघि गुरेरोको फ्रिकिक गोलपोस्टमा लागेर फर्कदाँ पोर्चुगल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल पोर्चुगलले जित्यो ।
पोर्चुगलले युरोकप जितेको यो पहिलो अवसर हो । यसअघि सन् २००४ मा घरेलु मैदानमा भएको फाइनलमा ग्रिससँग पराजित भएको थियो । पोर्चुगल जारी प्रतियोगिताको समूह चरणको तीनै खेले बराबरी खेल्दै उत्कृष्ट तेस्रो टोलीको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो । यससँगै पोर्चुगल फ्रान्सविरुद्धको हारको शृंखलामा पनि रोकेको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...