एनआरएनए र नेपाली सेना बिपद् ब्यबस्थापनमा हातेमालो गर्दै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, साउन ६, २०७३
army nrnभविष्यमा आइपर्ने सक्ने कुनै पनि बिपद् ब्यबस्थापनका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेना अब मिलेर काम गर्ने भएका छन् । भूकम्प, बाढिपहिरो लगायतका बिभिन्न ठूला बिपदसंग जुध्ने क्षमता अभिबृद्धि गर्ने तथा त्यस्ता बिपद्का बेला राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि दुवै संस्थाले मिलेर काम गर्नेछन् । यस सम्बन्धि समझदारीपत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका ब्यबस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापावीच हालै एक कार्यक्रम बिच  काठमाण्डौमा हस्ताक्षर भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् प्रबक्ता रन्जु वाग्ले थापाले एक प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराउनु भएको छ ।  प्रेस बिज्ञप्तिका अनुसार उक्त हस्ताक्षर कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री र एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको समेत उपस्थिति थियो । समझदारीपत्र अनुसार नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्याबश्यक मानवीय सामाग्री आदान प्रदान गर्न दुवै संस्था सहमत भएका छन् ।
सो अवसरमा प्रधानसेनापतिले नेपाली सेनाले भूकम्पताका गरेको राहत र उद्धार बारे जानकारी गराउंदै सेनाले आफ्ना  सिमित श्रोत साधनका वावजुत पनि उल्लेखनिय कार्य गरेको र हाल प्रभावित क्षेत्रहरुमा अस्थायी आवासहरु निर्माण गरिरहेको वताउनु भयो । उहांले गैरआवासीय नेपालीहरुले भूकम्पको समयमा निस्वार्थ भावनाबाट गरेको सहयोगको सरहना गर्दै नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिनु भयो । गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले यस सम्झौताले हामी सबैलाई अझ जिम्मेवार बनाएको तथा राहत वितरणमा नेपाली सेनाले पुराएको सहयोगका लागि धन्यवाद दिंदै सिमित श्रोतसाधन भएता पनि नेपाली सेनाको मनोबल र कार्यक्षमताबाट आफू निकै प्रभावित भएको वताउंदै यही समन्वय र सहकार्यले आज यस सम्झौतापत्र सम्म ल्याईपुराएको वताउनु भयो । उहांले गैरआवासीय नेपाली संघलाई सेनासंग समन्वय र सहकार्य गर्ने अवसर दिनु भएकोमा धन्यवाद दिनु भयो ।
 Mou NRNA and army
एनआरएनए र नेपाली सेनावीच हुनसक्ने सहयोगका क्षेत्र र आधार तय गर्न एक कार्यदल निर्माण गरी काम अगाडी बढाइने अध्यक्ष घलेले जानकारी दिनुभयो । कार्यदलमा रक्षा मन्त्रालयका प्रतिनिधिसमेत संलग्न हुनेछन् । यो समझदारी पश्चात बिश्वभरबाट नेपालीहरुले संकलन गरेका राहत रामाग्रीहरु पिडीत समुदायसम्म बितरण गर्न नेपाली सेनाले स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने छ । यसैगरी गैरआवासीय नेपाली संघले बिपद् ब्यबस्थापन युनिटलाई आबश्यक पर्ने सामाग्रीहरु सहयोग गर्ने छ भने नेपाली सेनाको बिपद् ब्यबस्थापन क्षमतालाई अभिबृद्धि गर्ने तालिमका लागि समेत सहयोग गर्ने छ ।