एनआरएनए र नेपाली सेना बिपद् ब्यबस्थापनमा हातेमालो गर्दै

भविष्यमा आइपर्ने सक्ने कुनै पनि बिपद् ब्यबस्थापनका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेना अब मिलेर काम गर्ने भएका छन् । भूकम्प, बाढिपहिरो लगायतका बिभिन्न ठूला बिपदसंग जुध्ने क्षमता अभिबृद्धि गर्ने तथा त्यस्ता बिपद्का बेला राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि दुवै संस्थाले मिलेर काम गर्नेछन् । यस सम्बन्धि समझदारीपत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका ब्यबस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापावीच हालै एक कार्यक्रम बिच काठमाण्डौमा हस्ताक्षर भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् प्रबक्ता रन्जु वाग्ले थापाले एक प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराउनु भएको छ । प्रेस बिज्ञप्तिका अनुसार उक्त हस्ताक्षर कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री र एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको समेत उपस्थिति थियो । समझदारीपत्र अनुसार नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्याबश्यक मानवीय सामाग्री आदान प्रदान गर्न दुवै संस्था सहमत भएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...