स्कुल बनाउने अभियानमा – ब्रिज द ग्याप नेपाल

नेपालबाट अध्ययनको सिलसिलामा अस्ट्रेलिया आइपुगेका मन भरि जन्मभूमिको माया बोकेका युवाहरुको एक समुह हो ‘ब्रिज द ग्याप नेपाल’ । विदेश मै रहेर पनि देशका हर दुख सुखमा हातेमालो गर्न सकिन्छ, परोपकारी कार्य गर्न तामझाम र हल्ला खल्ला गर्नु पनि पर्दैन भन्ने उदाहरण बनेको यस समुहले बिगतमा गरेका आफ्ना परोपकारी कार्यहरुबाट सिक्दै भबिष्यका लागि आफना उत्कृष्ट परोपकारी योजनाहरु हालै सार्बजनिक गरेको छ । निकट भविष्यमा लम्जुङ जिल्लामा अवस्थित श्री शारदा मध्यमिक बिद्यालयको गत साल भुकम्पले क्षतिग्रस्त गराएको ४ कोठा मर्मत गर्ने, थप ४ कोठा निर्माण गर्ने र महिला, पुरूष गरी दुई शौचालय निर्माण गर्ने योजना हालै सार्बजनिक गरेको छ । जसका लागि आहले सम्म संस्थाले बिबिध कार्य गर्दै संकलन गरेको रकममा थप जोह गर्न र यो उदाहारणिय कार्यमा सबैको मन बचन र कर्म देखि नै अपनत्व गराउन आउने अक्टोबर २ का दिन ओरियन फंक्सन सेन्टर क्यम्सीमा नेपालका बरिष्ठ हास्य कलाकार मनोज गजुरेल र गायिका इन्दिरा जोशीको उपस्थितिमा “दशैँ साँझ सिड्नी २०१६” को आयोजना गर्दैछ । पवित्र उदेश्यले ओतप्रोत यस कार्यक्रममा अस्ट्रेलियामा रहेका सबै संघ संस्थाहरु र नेपाली दाजु भाई दिदि बैनीहरुको सहयोग र सदभाबका लागि संस्थाले अपेक्षा गरेको छ । - २०१२ मा स्थापना पस्चात संस्थाले हाल सम्म शिक्षा स्वाथ्य र पुनर्निर्माणका क्षेत्रमा थुप्रै कार्यहरु नेपालको बिभिन्न ठाउँमा संन्चालन गरिसकेका छ । शिक्षा नै समाज रुपन्तरणको प्रमुख आधार हो भन्ने ठान्दै गुणस्तरिय शिक्षाबाट बन्चित न्युन आयस्तर भएका तर शिक्षा प्रतिको उत्कृष्ट अभिलाषा बोकेका १५ बालबालिकाहरुलाई सत्यवती उच्च मा.बि तनहुँमा अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाउन पन्ध्र जना मनकारी प्रायोजकहरुको सहयोगमा माध्यमिक तह सम्मको शिक्षाको बेवस्था मिलाएको छ ।
- लम्जुङ जिल्लामा अवस्थित श्री शारदा माध्यमिक बिद्यालयमा प्राथमिक तहको पाठ्य पुस्तकालय स्थापनाका साथै न्यून आय भएका ३५ विद्यार्थीहरुलाई स्टेसनरी, कापि-किताब, पोसाकको समेत सुबिधा प्रधान गर्दै आएको छ ।
- त्यस्तै काठमाडौंको कुमारीगाल स्थित श्री आकाश गंगा इन्टरनेसनल एकेडमी ( निजी गुठी गैर नाफा मुलक शिक्षा संस्था ) मा उपत्यका बाहिरबाट कामको खोजिमा उपत्यकामा रहँदै आएका अबिभाबकका ३ बच्चालाई सन् २०१५ मा सहयोग गरियो भने २०१६ मा ८ बच्चा थप गरी उनिहरुलाई छात्रबृति पाउने बातावरण ब्रिज द ग्याप नेपाल र आकाश गंगा स्कुल संगको सझेदारिमा प्रदान गरिएको थियो ।
- यस्तै अर्को महत्वपुर्ण कार्यको रुपमा ब्रिज द ग्याप नेपाल र आकाश गंगा स्कुलको संयुक्त आयोजनामा आकाश गंगा स्कुलमा स्कुल अतिरिक्त समुदायका बालबालिका सबैमा पठन संस्कृतिको बिकास गराउँदै सिर्जनसिलताको बिकास गराउनको लागि पुस्तकालय स्थापना गरिएको छ । सो पुस्तकालय हरेक शनिबार र स्कुल बिदाको दिनमा पनि एक शिक्षक उपलब्ध गराई संन्चालन गर्ने प्रबन्ध मिलाइएको छ जसबाट त्यस समुदायका धेरै बच्चाहरुले प्रत्यक्ष लाभ उठाई रहेका छन्।
- त्यस्तै अस्ट्रेलियामा बिभिन्न समयमा परेका मर्दा पर्दा र बिधार्थीहरु बिरामी पर्दा संस्थाले रकम सहयोग गर्ने र बिभिन्न समयमा पुर्ब संकलित रकम समेत सहयोग गरि समुदायको दुख-सुखमा हातेमालो गर्दै आएको छ ।
- गत सालको भुकम्पको विपदमा संसार भरका सहयोगी हरु जस्तै ब्रिज द ग्याप नेपाल नेपालका बिभिन्न बिकट ठाउँलाई मध्य नजर गर्दै स्वास्थ शिबिर संन्चालन गर्दै राहत र उद्धारको काममा सहयोग पूर्याईएको थियो।
- सिड्नीको क्यनटाबरि कम्युनिटि चर्च सँग सहकार्य गरि भुकम्पको विपद “Love Nepal” भन्ने कार्यक्रम मार्फत School Rebuilding Fund Raise कार्यक्रम गरिएको थियो जस्को माध्यमबाट संस्थाले १२ हजार एक सय उन्नतीस अस्ट्रेलियन डलर पैसठ्ठी सेन्ट ($12,129.65) जम्मा पार्न सफल भएका थियो।



सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



