भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय राष्ट्रपति प्रणव मुखर्जीवीच शिष्टाचार भेटवार्ता भएको छ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिवार साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमै शिष्टाचार भेट गरेका हुन्।
भेटमा भारतीय राष्ट्रपति मुखर्जीले भारत भ्रमण गरेकोमा र अाफ्नो निवासमा अातिथ्यता ग्रहण गरेकोमा स्वागत एवम् अाभार व्यक्त गरेका थिए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उनको न्यानो आतिथ्यताका लागि धन्यवाद दिँदै नेपाल भ्रमणको निम्तो दिएका थिए। भेटमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपप्रधानममन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत सहभागी थिए।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै उपराष्ट्रपति हमिद अन्सारीसँग ६ मौलाना आजाद सडकस्थित उनकै निवासमा शिष्टाचार भेट गरेका छन्। रासस

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...