ईश्वर र मिडियासँग सजक हुनुपर्छ – एनआरएन प्रमुख संरक्षक, जीवा लामिछाने
गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछानेले एनआरएनएलाई यहाँ सम्म ल्याउँन मिडियाले ठुलो भूमिका खेलेको भन्दै प्रंशसा गरेका छन्। संघका पुर्ब अध्यक्ष समेत रहेका लामिछानेले, समाजमा सकारात्मक सन्देश पुर्याएर नै आजको एनआरएन बन्न सकेको भन्दै मिडियाको प्रंशसा गरेका हुन्। स्बिजरल्याण्डबाट संचालित नेपाल स्विस डटकमको छैटौ बार्षिकउत्सव समारोहलाई उद्घाटन गर्दै लामीछानेले ईश्वर र मिडियासँग आँफू सधैँ सजग रहने बताए। उनले भने,”नराम्रो काम गर्नु हुन्न,भगबानले देखि राखेका हुन्छन् भन्ने एउटा आस्था र बिश्वासका कारण सधै सजग छु, यस्तै केहि उत्ताउलो कुरा बोलिएला,ठुला ठुला घोषणा गरेर काम गर्न नसकिएला,जुन मिडियाले हेरिरहेको हुन्छ भन्दै यसमा पनि त्यति नै सजग छु।” एनआरएनएको १३ बर्षको ईतिहासमा मिडियाले एक- दुई केहि अपबाद बाहेक सधैँ सकारात्मक सन्देश दिएको लामिछानेले बताए। डायस्फोराबाट कलम चलाईरहेका पत्रकारहरु बेलायतका चिरन शर्मा र स्पेनका बसन्त रानाभाट सम्मान गरिएको कार्यक्रममा,पत्रकारहरुले आग्रह, पुर्वाग्रह भन्दा माथि उठेर, गुण र दोषको आधारमा मुल्यांकन गर्दै कलम चलाउँनु पर्नेमा जोड दिए। पत्रकार बाहेक बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा लामिछानेले कला ,गला,साहित्य र कलमको एउटै मञ्चमा कदर भएको भन्दै प्रंशसा गरे। सामाजिक अभियन्ताको रुपमा स्पेनका एकराज गिरी,साहित्यको क्षेत्रबाट बेल्जियमबाट पंचम अधिकारी र कला संस्कृतिको प्रबद्दनका लागि अन्तराष्ट्रिय कलाकार समाजले योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो। यस्तै स्बिजरल्याण्डका स्थानीय कलाकारहरु पनि सम्मानित भए। कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि के. सी,यूरोप संयोजक कुल आचार्य, उप -संयोजकहरु प्रेम गुरुङ, दावा शेर्पा, महिला संयोजक सपिला राजभण्डारी, उप-संयोजक रजनी प्रधान,लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुले गीत संगीत नृत्य प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए। –
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
What are the great things about dating with apps for milfs? there are...