ईश्वर र मिडियासँग सजक हुनुपर्छ – एनआरएन प्रमुख संरक्षक, जीवा लामिछाने

गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछानेले एनआरएनएलाई यहाँ सम्म ल्याउँन मिडियाले ठुलो भूमिका खेलेको भन्दै प्रंशसा गरेका छन्। संघका पुर्ब अध्यक्ष समेत रहेका लामिछानेले, समाजमा सकारात्मक सन्देश पुर्याएर नै आजको एनआरएन बन्न सकेको भन्दै मिडियाको प्रंशसा गरेका हुन्। स्बिजरल्याण्डबाट संचालित नेपाल स्विस डटकमको छैटौ बार्षिकउत्सव समारोहलाई उद्घाटन गर्दै लामीछानेले ईश्वर र मिडियासँग आँफू सधैँ सजग रहने बताए। उनले भने,”नराम्रो काम गर्नु हुन्न,भगबानले देखि राखेका हुन्छन् भन्ने एउटा आस्था र बिश्वासका कारण सधै सजग छु, यस्तै केहि उत्ताउलो कुरा बोलिएला,ठुला ठुला घोषणा गरेर काम गर्न नसकिएला,जुन मिडियाले हेरिरहेको हुन्छ भन्दै यसमा पनि त्यति नै सजग छु।” एनआरएनएको १३ बर्षको ईतिहासमा मिडियाले एक- दुई केहि अपबाद बाहेक सधैँ सकारात्मक सन्देश दिएको लामिछानेले बताए। डायस्फोराबाट कलम चलाईरहेका पत्रकारहरु बेलायतका चिरन शर्मा र स्पेनका बसन्त रानाभाट सम्मान गरिएको कार्यक्रममा,पत्रकारहरुले आग्रह, पुर्वाग्रह भन्दा माथि उठेर, गुण र दोषको आधारमा मुल्यांकन गर्दै कलम चलाउँनु पर्नेमा जोड दिए। पत्रकार बाहेक बिभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा लामिछानेले कला ,गला,साहित्य र कलमको एउटै मञ्चमा कदर भएको भन्दै प्रंशसा गरे। सामाजिक अभियन्ताको रुपमा स्पेनका एकराज गिरी,साहित्यको क्षेत्रबाट बेल्जियमबाट पंचम अधिकारी र कला संस्कृतिको प्रबद्दनका लागि अन्तराष्ट्रिय कलाकार समाजले योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो। यस्तै स्बिजरल्याण्डका स्थानीय कलाकारहरु पनि सम्मानित भए। कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि के. सी,यूरोप संयोजक कुल आचार्य, उप -संयोजकहरु प्रेम गुरुङ, दावा शेर्पा, महिला संयोजक सपिला राजभण्डारी, उप-संयोजक रजनी प्रधान,लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुले गीत संगीत नृत्य प्रस्तुत गर्दै मनोरन्जन प्रदान गरेका थिए। –
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...