नेपालको शानदार जीत

काठमाडौं-आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपको अंक तालिकाको शीर्षस्थानमा रहेको नेदरल्याण्डलाई नेपालले १९ रनले पराजित गरेको छ । नेदरल्याण्ड्समा भएको खेलमा जीतसँगै नेपालको ८ खेलबाट ६ अंक भएको छ । नेपालले दिएको २१८ रनको चुनौति पछ्याएको नेदरल्याण्ड १९८ रनमा अलआउट भएको थियो । २१७ रन जोड्ने क्रममा टीम नेपालका कप्तान पारस खड्काले ८४ रन जोडेका थिए । खड्का, सोमपाल कामी र बसन्त रेग्मीले समान दुई दुई विकेट झारेका थिए ।
त्यसअघिको खेलमा भने नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो । ६५ रन बनाउँदा तीन विकेट गुमाइसकेकोमा कप्तान खड्का र सागर पुनले ११८ रनको साझेदारी गरी स्कोर उकासेका थिए । पुनले ४५ रन बनाएको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ले ३९ रन बनाए ।
यो जीतसंगै नेपालले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना कायमै राखेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...