प्रधानमन्त्री आज साँझ ८ बजे फर्कँदै

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमण सम्पन्न गरी आज बुधवार साँझ ८ बजे स्वेदश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली मुम्बइबाट सोझै काठमाडौं अवतरण हुने कार्यक्रम छ ।
भ्रमणमा संगै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो मुम्बईस्थित उद्योगी एवं व्यवसायी र केही चर्चित कलाकारहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
बुधबार बिहान प्रधानमन्त्री ओलीले युनिलिभर भारतको मुख्य कार्यालय अवलोकन गर्नुका साथै त्यसका सञ्चलकहरुसांग संक्षिप्त अन्तरक्रिया गरेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ मुम्बई पुगेका हुन् । गुजरातको भ्रमण गरी प्रधानमन्त्री ओली मुम्बई पुगेका थिए । गुजरातमा प्रधानमन्त्रीको भव्य स्वागत गरिएको थियो । स्थानीय भुजवासीले आत्मीय र भव्य स्वागत गरेपछि राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि भावुक देखिएका थिए । उनलाई स्वागत गर्न भूकम्पपछि पुन:स्थापना गरी पुन:निर्मित एक सामुदायिक भवनमा खचाखच मानिसको उपस्थितिमा प्रधानमन्त्रीले गुजरातको स्वागतलाई असाधारण भनी प्रतिक्रिया दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक मुख्यमन्त्री भएको उक्त प्रदेशमा ओली हिँड्ने बाटाका दुवैतिर दुई देशका झन्डासहित स्थानीय उभिएका थिए भने सडकका खम्बा र भित्तामा दुई प्रधानमन्त्रीका तस्बिर र स्वागतका तुल टाँगिएका थिए । स्वागतको संस्कार पनि नेपालीको जस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीले आफू त्यो प्यार र मित्रताको ऋणी भएको बताए । प्रधानमन्त्री ओलीले भने– ‘मैले शान्तिदूत बुद्धको सन्देश, पशुपतिको प्रसाद र आशीर्वाद लिएर आएको छु, तपाईंहरुको सफल र प्रेरक पुन:निर्माण कार्यबाट प्रभावित भएको छु, तपाईंहरुको भलो होस्, हाम्रो मित्रता गाढा होस् ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...