प्रधानमन्त्री आज साँझ ८ बजे फर्कँदै
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमण सम्पन्न गरी आज बुधवार साँझ ८ बजे स्वेदश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली मुम्बइबाट सोझै काठमाडौं अवतरण हुने कार्यक्रम छ ।
भ्रमणमा संगै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो मुम्बईस्थित उद्योगी एवं व्यवसायी र केही चर्चित कलाकारहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
बुधबार बिहान प्रधानमन्त्री ओलीले युनिलिभर भारतको मुख्य कार्यालय अवलोकन गर्नुका साथै त्यसका सञ्चलकहरुसांग संक्षिप्त अन्तरक्रिया गरेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ मुम्बई पुगेका हुन् । गुजरातको भ्रमण गरी प्रधानमन्त्री ओली मुम्बई पुगेका थिए । गुजरातमा प्रधानमन्त्रीको भव्य स्वागत गरिएको थियो । स्थानीय भुजवासीले आत्मीय र भव्य स्वागत गरेपछि राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि भावुक देखिएका थिए । उनलाई स्वागत गर्न भूकम्पपछि पुन:स्थापना गरी पुन:निर्मित एक सामुदायिक भवनमा खचाखच मानिसको उपस्थितिमा प्रधानमन्त्रीले गुजरातको स्वागतलाई असाधारण भनी प्रतिक्रिया दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक मुख्यमन्त्री भएको उक्त प्रदेशमा ओली हिँड्ने बाटाका दुवैतिर दुई देशका झन्डासहित स्थानीय उभिएका थिए भने सडकका खम्बा र भित्तामा दुई प्रधानमन्त्रीका तस्बिर र स्वागतका तुल टाँगिएका थिए । स्वागतको संस्कार पनि नेपालीको जस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीले आफू त्यो प्यार र मित्रताको ऋणी भएको बताए । प्रधानमन्त्री ओलीले भने– ‘मैले शान्तिदूत बुद्धको सन्देश, पशुपतिको प्रसाद र आशीर्वाद लिएर आएको छु, तपाईंहरुको सफल र प्रेरक पुन:निर्माण कार्यबाट प्रभावित भएको छु, तपाईंहरुको भलो होस्, हाम्रो मित्रता गाढा होस् ।’
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...