आज एलजी फिल्म एवार्ड

काठमाडौं— सिनेमा सर्कल नेपालले पहिलो पटक आयोजना गर्न लागेको एलजी फिल्म एवार्ड—२०७२ मा सहभागिता जनाउनका लागि बलिउड अभिनेता शत्रुघ्न सिन्हा हिजो काठमाडौं आइपुगेका छन् । विमानस्थल अवतरण गरे लगत्तै अभिनेता सिन्हा करिव आधा घण्टासम्म पत्रकार सम्मेलनमा सहभागि भए । एवार्ड बितरण समारोहमा अभिनेता सिन्हाद्वारा लिखित ‘एनि थिङ बट खामोश’ को नेपाल विमोचन समेत गरिनेछ ।
सर्वोत्कृष्ट पोष्टर, प्रोमो, स्टन्ट म्यान, कलरिष्ट आदि विधामा पहिलो पटक एवार्ड वितरण गर्न लागिएको यो समारोहमा आर्मी अफिसर्स क्लबमा सम्पन्न हुनेछ । समारोहमा जापानिज तथा हलिउडका निर्देशकले पनि सहभागिता जनाउने तय भएको छ । पुराना अभिनेताहरु शिव श्रेष्ठ, रविन्द्र खड्का, भिम राना, सुरज प्रजापति, अभिनेत्रीहरु प्रियंका कार्की, दीपाश्री निरौला, नम्रता सापकोटा, रुबी राणा, सुष्मा कार्की, सम्पदा बानियाँ, जीतु नेपाल, राजेश पायल राई, अञ्जु पन्त, दुर्गा परियार, दीपा लामा, महादेव त्रिपाठी, गोविन्द राई आदिले नृत्य, गायन, हास्य प्रस्तुतीमार्फत समारोहलाई मनोरञ्जक बनाउने छन् । समारोहमा नेपाली चलचित्रका पुराना कला निर्देशक जुंगे भट्टराईलाई ५१ हजार रुपैयाँसहित लाइफ टाइम एचिभ्मेन्ट एवार्डद्वारा सम्मान गरिने छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...