चंगा महोत्सब हुदै

सामाजिक एबम परोपकारी कार्यमा सधै अग्र स्थानमा रहदै आएको गुठि अस्ट्रेलियाले बिगत २ बर्ष देखि थालेको चंगा महोत्सबलाई यस पटक पनि निरन्तरता दिएको छ । हाम्रो बिबिधता र अनेकतामा एकता भन्ने संदेश र शिक्षा सहित नै यो कार्यक्रमलाई निरन्तरता दिईएको द नेपाली टाईम्स अस्ट्रेलिया संगको कुराकानीमा गुठि अस्ट्रेलियाका अध्यक्ष दिप्त श्रेष्ठले बताए । श्रेष्ठका अनुसार गत सालको सफल कार्यक्रम पश्चात अझै उत्साह पूर्ण तरिका र झन् परिमार्जित तरिकाले यस पटकको कार्यक्रम आउने अक्टोबर १ तारिख शनिबारका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सिड्नीको रक्डेल स्थित वाइसेण्टिनेण्टल पार्कमा हुदैछ । गत साल भन्दा अलिकति फरक यस पटकको महोत्सबलाई संगितले भरपुर बनाउने प्रयास स्वरूप सिड्नीका चार वटा फरक-फरक ब्याण्डहरुले फरक-फरक प्रस्तुति सहित महोत्सबलाई संगितमय बनाउने छन् । त्यसको अलावा गुठि अस्ट्रेलियाली बिगत २ महिना देखि गर्दै आएको नृत्य प्रशिक्षणका बाबु-नानीहरु बाट नृत्य अन्य जम्पिंग केसल लगायतका मनोरन्जनात्मक कृयाकलपहरु बाट सबैले भरपुर मनोरन्जन लिने आयोजकको बिश्वास छ । दशैँ भन्ना साथ धेरै बाल स्मृतिमा हराउने गर्छन त्यसैको अमिट सम्झना हो खुल्ला र सफा आकाशमा चंगा उडाउने, त्यही हाम्रो बिलकुल भिन्न चिनारी र स्मृतीलाई बिदेशी भूमिमा पनि ताजगी गराउने उदेश्यले चंगा महोत्सबको थालनी र निरन्तरता दिइएको गुठि अस्ट्रेलियाका पुर्ब अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
निशुल्क प्रवेशको ब्यबस्था रहेको यस कार्यक्रममा उपस्थित भई हाम्रा कला संस्कृति हाम्रो दोश्रो पुस्तामा मात्र नभई बिदेशी मित्रहरु सम्म पुराउन पनि आयोजकले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ । लोकल काउनसिलको नियम भित्र रहेर चंगा उडाउनु पर्ने कारण पनि गुठि अस्ट्रेलियाले नै केहि शुल्क लिएर चंगा, धागो र लट्टाई कार्यक्रम स्थलमा नै उपलब्ध गराउने संस्थाका अध्यक्ष दिप्त श्रेष्ठले बताएका छन् । बिबिध खान-पिन परिकार, बिबिध ब्यबसायका जानकारी मुलका र नेपाल चिनाउने बिबिध सामग्री सहितका स्टलहरु कार्यक्रममा रहनेछन । कार्यक्रम बारे थप जानकारीका लागि संस्था गुठि अस्ट्रेलियाका पदाधिकारी वा admin@guthiaustralia.org वा संस्थाको फेसबुक पेज मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...