चंगा महोत्सब हुदै

सामाजिक एबम परोपकारी कार्यमा सधै अग्र स्थानमा रहदै आएको गुठि अस्ट्रेलियाले बिगत २ बर्ष देखि थालेको चंगा महोत्सबलाई यस पटक पनि निरन्तरता दिएको छ । हाम्रो बिबिधता र अनेकतामा एकता भन्ने संदेश र शिक्षा सहित नै यो कार्यक्रमलाई निरन्तरता दिईएको द नेपाली टाईम्स अस्ट्रेलिया संगको कुराकानीमा गुठि अस्ट्रेलियाका अध्यक्ष दिप्त श्रेष्ठले बताए । श्रेष्ठका अनुसार गत सालको सफल कार्यक्रम पश्चात अझै उत्साह पूर्ण तरिका र झन् परिमार्जित तरिकाले यस पटकको कार्यक्रम आउने अक्टोबर १ तारिख शनिबारका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सिड्नीको रक्डेल स्थित वाइसेण्टिनेण्टल पार्कमा हुदैछ । गत साल भन्दा अलिकति फरक यस पटकको महोत्सबलाई संगितले भरपुर बनाउने प्रयास स्वरूप सिड्नीका चार वटा फरक-फरक ब्याण्डहरुले फरक-फरक प्रस्तुति सहित महोत्सबलाई संगितमय बनाउने छन् । त्यसको अलावा गुठि अस्ट्रेलियाली बिगत २ महिना देखि गर्दै आएको नृत्य प्रशिक्षणका बाबु-नानीहरु बाट नृत्य अन्य जम्पिंग केसल लगायतका मनोरन्जनात्मक कृयाकलपहरु बाट सबैले भरपुर मनोरन्जन लिने आयोजकको बिश्वास छ । दशैँ भन्ना साथ धेरै बाल स्मृतिमा हराउने गर्छन त्यसैको अमिट सम्झना हो खुल्ला र सफा आकाशमा चंगा उडाउने, त्यही हाम्रो बिलकुल भिन्न चिनारी र स्मृतीलाई बिदेशी भूमिमा पनि ताजगी गराउने उदेश्यले चंगा महोत्सबको थालनी र निरन्तरता दिइएको गुठि अस्ट्रेलियाका पुर्ब अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
निशुल्क प्रवेशको ब्यबस्था रहेको यस कार्यक्रममा उपस्थित भई हाम्रा कला संस्कृति हाम्रो दोश्रो पुस्तामा मात्र नभई बिदेशी मित्रहरु सम्म पुराउन पनि आयोजकले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ । लोकल काउनसिलको नियम भित्र रहेर चंगा उडाउनु पर्ने कारण पनि गुठि अस्ट्रेलियाले नै केहि शुल्क लिएर चंगा, धागो र लट्टाई कार्यक्रम स्थलमा नै उपलब्ध गराउने संस्थाका अध्यक्ष दिप्त श्रेष्ठले बताएका छन् । बिबिध खान-पिन परिकार, बिबिध ब्यबसायका जानकारी मुलका र नेपाल चिनाउने बिबिध सामग्री सहितका स्टलहरु कार्यक्रममा रहनेछन । कार्यक्रम बारे थप जानकारीका लागि संस्था गुठि अस्ट्रेलियाका पदाधिकारी वा admin@guthiaustralia.org वा संस्थाको फेसबुक पेज मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...