दुर्घटनामा परेका पूर्व गृहमन्त्रीको अवस्था अज्ञात

काठमाडौं— पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी हिजो आइतबार दिउसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको पुष्टि भए पनि घिमिरेसहित तीनजना अझै बेपत्ता छन् । चालक विष्णु राई भने घाइते छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त नारायण काफ्ले तथा सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक रामचन्द्र कार्की छन् । सिंहका घिमिरेसहित तीनजना बेपत्ता भएका छन् ।
मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा ९ च १५३१ नंको स्कारपियो गाडी दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले जानकारी दिएका छन् ।
पूर्व गृहसचिव समेत रहेका घिमिरे खिलराज रेग्मी नेतृत्वको सरकारका बेला गृहमन्त्री थिए ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।
त्रिशूली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...