दुर्घटनामा परेका पूर्व गृहमन्त्रीको अवस्था अज्ञात

काठमाडौं— पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी हिजो आइतबार दिउसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको पुष्टि भए पनि घिमिरेसहित तीनजना अझै बेपत्ता छन् । चालक विष्णु राई भने घाइते छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त नारायण काफ्ले तथा सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक रामचन्द्र कार्की छन् । सिंहका घिमिरेसहित तीनजना बेपत्ता भएका छन् ।
मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा ९ च १५३१ नंको स्कारपियो गाडी दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले जानकारी दिएका छन् ।
पूर्व गृहसचिव समेत रहेका घिमिरे खिलराज रेग्मी नेतृत्वको सरकारका बेला गृहमन्त्री थिए ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।
त्रिशूली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...