लोकमान विरुद्ध महाभियोग प्रस्ताव दर्ता

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह काकी विरुद्ध व्यवस्थापिका संसदमा हिजो बुधबार महाभियोग प्रस्ताव दर्ता भएको छ । यससंगै कार्कीको पद निलम्बित भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक सय ५७ जना सांसदले आयोग प्रमुख कार्की विरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
विवादास्पद छविका कार्कीको नियुक्तिमाथि नै प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर मुद्दा अघि बढिरहेकै बेला यो विषय संसद् प्रवेश गरेको हो ।
संसद् सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रस्ताव दर्ता भएको बेहोरा जानकारी पठाएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको हस्ताक्षर रहेको पत्रमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको उल्लेख छ ।
महाभियोग प्रस्तावमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थकसहित एक सय ५७ सांसदको हस्ताक्षर छ । यो संख्या संसदमा हाल कायम सदस्य संख्याको एकचौथाइभन्दा बढी हो ।
प्रस्तावमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङसहित एक सय सातजना, माओवादी केन्द्रका तर्फबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित चार मन्त्रीले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका ४० सांसदको हस्ताक्षर छ ।
‘सत्ता पक्ष (माओवादी) को प्रस्ताव र प्रतिपक्षी (एमाले) को समर्थनमा प्रस्ताव ल्याइएको हो’, एमालेका प्रमुख सचेतक ढकालका अनुसार अन्य दलसँग परामर्श जारी छ । समर्थकको संख्या अझै बढ्दै जान्छ । यसअघि बुधबार दिउ“सोमात्रै सभामुख ओनसरी घर्तीले ११ सदस्यीय महाभियोग समिति गठन गरेकी थिइन् ।
‘आज बिहिबारदेखि नै यस प्रस्तावमा संसदा छलफल हुन्छ । संंसद्को कार्यसूचीमा यो विषय परिसक्यो’, शर्माका अनुसार बिहिबार दुईवटा बैठकको तयारी छ ।
पहिलो बैठकमा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने दोस्रो बैठकमा सो प्रस्तावलाई समितिमा पठाउने विषयमा निर्णय हुनेछ ।
संसद् चलिरहेको समयमा प्रस्ताब दर्ता हु“दा सात दिनभित्र सभामुखले उक्त विषयमा छलफल चलाउनुपर्ने व्यवस्था छ । संसद् स्थगित भएको अवस्थामा भने महाभियोग प्रस्ताव दर्ता गराउने सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ ।
महाभियोग प्रस्ताव दर्तापछि सम्बन्धित व्यक्तिलाई निलम्बनमा राखी अनुसन्धान प्रारम्भ हुन्छ । दोषी प्रमाणित भए कारबाही प्रक्रिया प्रारम्भ हुन्छ भने सफाइ पाए फेरि काममा फर्कन मिल्छ ।
दसैंअघि नै बिदामा रहेका कार्की कार्यालय नफर्कंदै महाभियोग प्रस्ताव दर्ता भएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...