एनआरएन अमेरिकाद्वारा देवघाटमा अशक्त वृद्धाश्रमको शिलान्यास

अमेरिका, पवित्र धार्मिक एवम् ऐतिहासिक नगरी देवघाटधाममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अशक्त वृद्धाश्रम निर्माण गर्ने भएको छ . गलेश्वर आश्रम परिसरमा अशक्त र विभिन्न कुटीहरुमा छरिएर रहेका वृद्धवृद्धाहरुलाई सामूहिक रुपमा भोजन तथा सेवा पु¥याउने उद्देश्यले दुई तले भवन निर्माण गर्न लागेको हो । शनिबार एक कार्यक्रमबीच एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भवनको शिलान्यास गर्नुभयो ।
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा पौडेलले अशक्त आश्रमका लागि ५० लाख रुपैयाँको बजेट छुट्याइएको र लागतअनुसार आवश्यक रकम बढ्न सक्ने बताउनुभयो । उहाँले प्रवासमा रहे पनि सामाजिक उत्तरदायि¤व अन्तर्गत सामाजिक र मानवीय सेवामा एनआरएनले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
उहाँले एनआरएन अमेरिकाले स्वास्थ्य तथा मानवीय संवेदनासँग जोडिएका घटना/दैवीविपत्तिहरुमा सहयोग पु¥याउँदै आएको उल्लेख गर्दै महाभूकम्पका बेला बीपी चिन्तन प्रतिष्ठानसँगको सहकार्यमा राहत तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
सो अवसरमा अमेरिकामा रहेका नेपाली सहयोगी हातहरुबाट एनआरएन ग्लोबललाई भूकम्पपीडितको सहयोगार्थ दुईकरोड रुपैयाँ उपलब्ध गराइएको उहाँले स्मरण गर्नुभयो । एनआरएन अमेरिकाले धादिङ, गोरखा, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लामा पाँच वटा विद्यालय निर्माण गरिरहेको जानकारी दिनुभयो ।
समाजसेवी जोशीले आगामी दिनमा एनआरएन अमेरिकाले एकता र एकीकृत रुपमा परोपकारी कार्यक्रममा लगानी भित्र्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
गलेश्वर आश्रमका उपाध्यक्ष उद्धैतानन्द गिरीले देवघाटका विभिन्न स्थानमा छरिएर रहेका वृद्धवृद्धालाई सामूहिक भोजन तथा सेवा पु¥याउन अशक्त वृद्धाश्रम कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
उहाँले भन्नुभयोे, ‘देवघाटमा विभिन्न स्थानमा २४९ वटा कुटीमा वृद्धवृद्धा हुनुहुुन्छ । उहाँहरुलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ । कतिपय वृद्धवृद्धा हिँड्डुलसमेत गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँहरुका लागि कुटीसम्म खाना लैजाँदा चिसो भइसक्ने र आवश्यक जनशक्ति पनि नहुँदा अशक्त वृद्धाश्रम बनाउनु आवश्यक भएको हो ।’
उहाँले एनआरएनहरुमा आगामी दिनमा परोपकारी भावना बढ्दै जाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो । एनआरएन अमेरिकाले निर्माण गर्न लागेको अशक्ताश्रममा ३० जना वृद्धवृद्धा रहनेछन् । सामूहिक बसोबासका लागि निर्माण हुने आश्रमको समन्वय एनआरएन अमेरिकाकी उपाध्यक्ष रवीना थापाले गरेकी छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...