अमेरिकी राष्ट्रपति ओबामाले ३५ जना रुसी कूटनीतिज्ञलाई निष्कासन आदेश दिए

न्युयोर्क,अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ जना रुसी कूटनीतिज्ञलाई निष्कासन गर्न आदेश दिएका छन्। रुसले कम्युटरमा अनधिकृत प्रवेश अर्थात् ह्याकिङ्मार्फत अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पारेको भन्ने आरोपसँग जोडिएको कुरा आएपछि ओबामाले ती कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिएका हुन्। रुसी कूटनीतिज्ञहरुलाई अमेरिका छाड्न ७२ घण्टाको समय दिइएको छ। निष्कासनमा परेका रुसी कूटनीतिज्ञहरु वासिङ्टन डीसीस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावासका कमर्चारीहरु छन्। गुप्तचरी सूचना संकलनका लागि रुसले अमेरिकामा प्रयोग गर्दै आएको दुई वटा कम्पाउण्ड पनि बन्द गर्ने निर्णय ओबामाले गरेका छन्। राष्ट्रपति ओबामाले डेमोक्रयाटिक पार्टीका इमेलहरुको ह्याकिङ दुर्भावनापूर्ण रहेको बताए। र, त्यो उच्च रुसी सरकारी तहबाटमात्रै निर्देशित हुन सक्ने उनको भनाइ छ। उनले मस्कोका कदमबाट सबै अमेरिकी चिन्तित हुनुपर्ने बताएको बिबिसीले जनाएको छ।रुसले अमेरिकी अधिकारीहरुलाई सताइरहेको भन्दै ओबामाले थप कडा कदमहरु चाल्न सक्ने चेतावनी दिएका छन्। यता मस्कोले अमेरिकाका यी आरोपको खण्डन गरेको छ। रुसले पछिल्लो अमेरिकी कदमको कडा जवाफ दिने बताएको छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...