महावाणिज्य दूतहरुको काममा प्रश्न ? सामाजिक नाममा व्यापारिक काम
न्युयोर्क (अमेरिका)— सियाटल (वासिंगटन) का लागि अवैतानिक वाणिज्य दूत नियुक्त एसी शेर्पाले हालै शपथ लिए। यससँगै अमेरिकामा नेपालका लागि ६ अवैतानिक महावाणिज्य तथा ४ अवैतानिक वाणिज्य दूत गरी १० जनाले कार्यभार सम्हालिसकेका छन्।
अवैतानिक दूतमा तीन नेपालीसहित ७ विदेशी नागरिक छन् भने एक वैतानिक महावाणिज्य र वाणिज्य दूत कार्यरत छन्। सन् १९४८ मा अमेरिका र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता करिब सात दशक अवधिमा अमेरिकामा नेपालीको संख्या २ लाख ७० हजार पुगेको अनुमान छ। दुई मुलुकको कुटनीतिक सम्बन्ध ऐतिहासिक बन्दै जाँदा अवैतनिक महावाणिज्य र वाणिज्य दूतको संख्या बढ्दै गएको जानकार बताउँछन्।
नेपालीको बढी बसोबास भएको राज्यमा उनीहरूलाई सहयोग पुर्याउन वाणिज्य दूत नियुक्त गर्ने चलन रहँदै आएको छ । तर ती दूतहरूले गरेको काम प्रभावकारी हुन नसकेको त्यहाँका नेपालीको भनाइ छ। ‘यतिका संख्यामा रहेका अवैतनिक महावाणिज्य दूत तथा वाणिज्य दूतले के काम गरिरहेका छन् भन्ने जानकारी छैन,’ एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल भन्छन्, ‘उहाँहरू कहिलेकाही कार्यक्रममा आउनुहुन्छ, जुन उद्देश्यका लागि उहाँहरूलाई नियुक्त गरिएको हो, प्रभावकारी भएजस्तो लाग्दैन।’
काठमाडौं र संखुवासभामा सामाजिक संस्था समेत सञ्चालन गर्ने उनले मानव तस्करी गरी नेपालीलाई अमेरिका पुर्याउने गरेको रिपोर्ट दूतावासले स्टेट डिपार्मेन्टलाई दिएको थियो। सन् २००७ डिसेम्बर ३१ मा परराष्ट्र मन्त्रालयले कोलोर्याडोको अवैतनिक दूतमा नारायण श्रेष्ठलाई नियुक्त गर्न सिफारिश गरेको थियो। काठमाडौं र संखुवासभामा सामाजिक संस्था समेत सञ्चालन गर्ने उनले मानव तस्करी गरी नेपालीलाई अमेरिका पुर्याउने गरेको रिपोर्ट दूतावासले स्टेट डिपार्मेन्टलाई दिएको थियो।
विस्तृतमा हेर्न विकिलिक्सले लिक गरेको काठमाडौं दूतावासको डिजिटल फाइल हेर्नुहोस्।
https://wikileaks.org/plusd/cables/08KATHMANDU78_a.html
संख्या बढेसँगै अवैतानिक महावाणिज्य तथा वाणिज्य दूतले सन्तोषजनक काम नगरेको भन्दै गुनासो आउन थालेका छन्। पछिल्ला दिनमा महावाणिज्य तथा वाणिज्य दूतलाई नेपालीका हितमा अझ बढी जिम्मेवार बनाउने काम सुरु भएको नेपाली दूतावास न्यूयोर्क, नियोगका उपप्रमुख जीवनप्रकाश श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार महावाणिज्य तथा वाणिज्य दूतलाई अमेरिकाबाट नेपाल जान चाहने अमेरिकनलाई भिसा जारी गर्नसक्ने अधिकार हुन्छ। बाल्टिमोरबाहेक अन्य अवैतानिक महावाणिज्य दूतले भिसा दिने काम गर्दै आएका छन्।
महावाणिज्यदूत कार्यालयलाई न्युयोर्कस्थित नेपाली दूतावासले भिसाका लागि स्टिकर उपलब्ध गराउने र त्यहीअनुसार दूतावासको खातामा राजस्व दाखिला गर्ने नियम छ। यसैगरी, महावाणिज्य दूतले ९०, ३० र १५ दिनको भिसाका लागि क्रमशः १ सय, ४० र २५ डलर लिई भिसा इस्यु गर्न सक्छन्। अवैतानिक वाणिज्य दूतले व्यापार, पर्यटन तथा लगानी प्रवद्र्घनका विषयमा काम गर्नुपर्ने हुन्छ । नेपालीको संख्या बढेसँगै कामको चाप बढेकाले कहिलेकाही गुनासो आउने गरेको उपप्रमुख श्रेष्ठको भनाइ छ।
कर्मचारी संख्या पर्याप्त नरहेको दूतावासको भनाइ छ। दूतावासमा कुटनतिक कर्मचारी ७ तथा स्थानीय १० कर्मचारी कार्यरत छन्। नेपालीको संख्या बढेसँगै काम गर्न भ्याइनभ्याइ भएको र विभिन्न राज्यमा स्थापित महावाणिज्य दूतले सहयोग पुर्याउँदै आएको दाबी दूतावासको छ।
वैतानिक महावाणिज्य तथा वाणिज्य दूतका लागि सरकारी तलब–सुविधा दिनुपर्ने हुन्छ। अवैतानिक महावाणिज्य दूत तथा वाणिज्य दूतका लागि सरकारले सेवासुविधा उपलब्ध गराउनु पर्दैन।
स्टेट डिपार्टमेन्टबाट परिचय–पत्र तथा गाडीमा कुटनीतिक नम्बर प्लेट सम्बन्धित सरकारले तोकेअनुसारको हुन्छ। महावाणिज्य तथा वाणिज्य दूतले अमेरिकी सरकारले विभिन्न राज्यमा सञ्चालन गर्ने कार्यक्रममा प्रतिनिधित्व गर्न पाउँछन्। उनीहरूले स्टेटबाट प्रतिनिधित्व गर्ने सिनेटर तथा त्यहाँका व्यवसायीसँग आफ्नो देशको पर्यटन प्रवद्र्घन तथा लगानीका लागि वातावरण बनाउन भूमिका खेल्नसक्छन्।
राष्ट्रलाई फाइदा पुर्याउने स्थितिमा उनीहरुलाई नेपालको प्रतिनिधित्वको जिम्मेवारी दिइने हो।
अहिलेसम्म सनभ्यालीका लागि विलियम सि क्यासे, क्यालिफोर्निया सानफ्रान्सिस्कोका लागि रिचार्ड सि ब्लुम, शिकागोका लागि मार्विन बुस्टिन, बोस्टनका लागि रोबर्ट सि सेगर, बाल्टिमोरका लागि प्रेमराजा महत, क्यालिफोर्निया, स्याक्रेमेन्टोका लागि डा. डेभ फुल्टन, हवाईका लागि म्यारी सि क्यारोल, क्यालिफोर्नियाको लसएन्जलसका लागि जर्ज एम्पापास, क्यालिफोनियाकै सेन्डियागोका लागि ऋषि ढकाल र नवनियुक्त एसी शेर्पा, सियाटल, वासिडटनका लागि अवैतनिक महावाणिज्य तथा वाणिज्य दूतका रूपमा कार्यरत छन्।
यसबाहेक न्युयोर्कमा वैतानिक महावाणिज्य दूत कार्यालय छ। त्यहाँ कार्यवाहक वैतानिक महावाणिज्यदूत पुष्प भट्टराई र वैतानिक वाणिज्य दूत कृसु क्षेत्री कार्यरत छन्। सान्डियागोका लागि महावाणिज्य दूत ढकालले दूतावासलाई जानकारी गराएर पर्यटन प्रवद्र्धन तथा अन्य विषयमा काम गर्दै आएको जानकारी दिए।
वासिंटन, सियाटलका लागि अवैतानिक वाणिज्य दूत नियुक्त शेर्पाले स्टेट डिपार्टमेन्टबाट आइडी कार्ड आइसकेको र जनवरीभित्रै कार्यालय स्थापना गरेर काम थाल्ने जानकारी दिए।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...