ओबामाद्वारा नियूक्त सबै कूटनिज्ञहरुलाई घर फर्कन ट्रम्पद्वारा आदेश
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामाद्वारा नियूक्त सबै कूटनिज्ञहरुलाई घर फर्कन आदेश दिएका छन्। आफूले सपथ ग्रहण गरेकै दिनदेखि लागू हुने गरि सबै मुलुकमा रहेका अमेरिकन कूटनितिज्ञहरुलाइ फिर्ता आउन ट्रम्पले आदेश दिएका हुन्। ओबामाले आफ्नो दोस्रो कार्यकालमा २९ जना त्यस्ता व्यक्तिहरुलाई राजदूतमा नियूत्त गरेका थिए। जस्ले सन् २००७ देखि अहिलेसम्म ओबामाका लागि अार्थिक सहयोग संकलकको रुपमा महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसैगरी अन्य ३५ जनालाई राजनीतिक सम्बन्धका आधारमा राजदूत नियूक्त गरेका थिए भने ८१ जना करियर डिप्लोम्याटलाई।
यूरोपका अधिकांश देशहरु, क्यानाडा र अर्जेन्टिनामा सहयोग संकलकहरुलाई नियूक्त गरेका थिए भने चीन, भारत, जापान, अष्ट्रेलिया, साउदी अरब लगायत देशहरुमा राजनितिक सम्बन्ध भएका व्यक्तिहरू। त्यसैगरी रुस, अफगानिस्तान, नेपाल लगायत देशहरुमा करियर डिप्लोम्याटहरु राजदूतको रुपमा कार्यरत छन्।डिसेम्वर २३ मा स्टेट डिर्पाटमेन्टले सवै कूटनिज्ञहरुलाई ईमेल पठाउँदै प्रतिस्थापनका लागि तयार रहन आग्रह गरेको अमेरिकन समाचार माध्यमहरुले बताएका छन्।
ट्रम्पका प्रवक्ताले जनाए अनुसार यो निर्णय गलत मनशायले नभई बिगतका राजनीतिक दानहरुलाई समयमै अन्त गरिनु हो। ट्रम्पको यो कदमले केही महत्वपूर्ण कूटनितिक पदहरु केही समयका लागि रिक्त रहने अवस्था छ। जसले गर्दा जर्मनी, क्यानाडा र बेलायतका लागि अमेरिकन राजदूतको नियूक्तिमा ढिलाई भएको छ।
बहराइन, अल्जेरिया र अफगानिस्थानका लागि अमेरिकन पूर्वराजदूत रोनाल्ड न्युमनले टाइम्स पत्रिकालाई बताए अनुसार ‘जो व्यक्ति बाहिरी नलागेको प्रशासनसँगको राजनीतिक सम्वन्धका कारणले मात्रै राजदूतमा नियूत्त भएका छन्, उनीहरुले पद छोडनु तर्क संगत छ।’ उनी भन्छन् सपथ लागेकै महिनामा यसरी सबै पदहरु खाली गरिएको मलाइ अहिलेसम्म थाहाँ छैन।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...