लाप्राक नमूना बस्ती निर्माणका लागि स्वयंसेवी दर्ता प्रकृया प्रारम्भ
अघिल्लो वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा बनाउन थालेको करिव छ सय घर सहितको नमूना बस्तीका लागि आम नेपालीलाई श्रमदानमा संलग्न हुन आह्वान गरेको छ ।

काठमाडौं— अघिल्लो वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा बनाउन थालेको करिव छ सय घर सहितको नमूना बस्तीका लागि आम नेपालीलाई श्रमदानमा संलग्न हुन आह्वान गरेको छ ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भौगोलिक विकटताका कारण लाप्राक नमुना बस्तीको लागत निकै महंगो पर्ने हु“दा यो अभियानमा स्वयंसेवक परिचालन गरी सञ्चालन गर्न लागेको हो । संघले एक सूचना जारी गर्दै यस नमूना बस्ती निर्माणमा सहभागी हुन नेपाली संघ, संगठन तथा इच्छुक व्यक्तिहरुलाई सहभागिताको लागि आग्रह गरेको हो ।
२०७३ माघको अन्त्यदेखि २०७४ असोजसम्म निर्माणकार्य हुने भएकोले आफ्नो उपयुक्त समयमा उक्त अभियानलाई सघाउन सकिने एनआरएनएले बताएको छ । घर निर्माण सम्बन्धिको काम भएकाले निर्माण क्षेत्रमा दक्ष जनशक्ति तथा सहयोगीका रुपमा एनआरएनएले स्वयंसेवकको खोजी गरिरहेको छ ।
भवन निर्माण सम्बन्धी दक्ष ज्ञान नभए पनि निर्माण सहयोगीका रुपमा पुनःर्निर्माणमा सहभागी हुन सकिने भन्दै एनआरएनएले सिभिल इन्जिनियर, ओभरसियर, सुपरभाइजर, पेन्टर, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी, फलाम, बा“स तथा ढुङ्गाको काम गर्ने कामदार र घर भत्काउने व्यक्तिहरुको आवश्यकता रहेको पनि सूचनामार्फत जानकारी गराएको छ ।
नितान्त समाजसेवा भएकाले यो कार्यमा संलग्न हुनेहरुलाई प्रशंसापत्र बाहेक पारिश्रमिक दिन नसकिने व्यहोरा उल्लेख गर्दैै एनआरएनएले यस अभियानलाई सहयोग गर्न चाहने संघ, संगठनले माघ १८ गतेसम्म आवेदन दिनका लागि पनि आग्रह गरिएको छ ।
स्वयंसेवीहरुले आचार–संहिता पालना गर्नु पर्ने
एनआरएनले आफ्नो सूचनामा स्वयंसेवक छनोट, मापदण्ड तथा आचारसंहिता पनि उल्लेख गरेको छ । त्यस अनुसार २०१७ जनवरी ३१ अर्थात यही माघ १८ गतेसम्म इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिने व्यक्ति शारीरिक रुपले तन्दुरुस्त हुनु पर्नेछ । फिल्ममा जानुअघि अनिवार्य रुपमा तालिममा सहभागि हुनु पर्नेछ । न्यूनतम दुई साताका लागि लाप्राकमा बस्नु पर्नेछ । दैनिक कार्य विवरणको रेकर्ड राखी एनआरएनएसमक्ष पेश गर्नु पर्नेछ ।
इच्छुक स्वयंसेवकले एनआरएनएको वेबसाइट www.nrna.org.np/laprakvillage/volunteer-appication-form मा उपलब्ध अनलाइन फाराम सकिनेछ ।
स्मरणीय के छ भने उक्त बस्ती निर्माणका लागि एनआरएनए अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायत केन्द्रीय पदाधिकारीहरु यतिबेला लाप्राकमा स्वयंसेवा गरिरहनुभएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...