जाजरकोटमा बस दुर्घटना, कम्तिमा १९ को मृत्यु भएको आशंका

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३

खलंगा– जाजरकोटको सदरमुकाम खलंगाबाट खारा जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको भएको आशंका गरिएको छ ।
खलंगाबाट करिब दुई किलोमिटर अगाडि पासेधार नजिक बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिएका छन् ।
बसमा कति यात्रु थिए, कतिको मृत्यु भयो कति घाइते भए भन्ने समेत एकिन हुन नसकिरहेको घटनास्थलमा रहेका प्रजिअ पौडेलले बताएका छन् । उनका अनुसार कम्तिमा १९–२० जना हुनसक्छ । अहिले त्यहा“ उद्दारको कार्य भैरहेको छ ।
बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइन्छ । बस यात्रुले खचाखच भरिएको स्थानीयले जानकारी दिएका छन् ।