दशौ हजारको सहभागितामा मःम फेष्टिभल सम्पन्न

-- The NTM / प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७३

सोलाङचरको आयोजनामा गत अप्रिल २६ तारिख २०१७ मेलबर्नमा मःम फेष्टिभल भव्यताका साथ सम्पन्न भएको छ । कोबर्गको भेलोड्रोमी ग्राउण्डमा भएको यस मः म फेष्टिभलमा ६ हजार जनाले रजिष्ट्ररर्ड गरेपनि त्यो भन्दा बढी नै लगभग दोब्बर मानिसहरुको चहलपहल रहेको थियो । आयोजकले दश हजार भन्दा बढीले मम फेस्टिवलमा आएर मःम,अन्य नेपाली परिकारको र नेपाली संगीतको मज्जा लिएको अनुमान लगाएका छन् ।
प्रवेश निःशुल्क रहेको यो फेस्टिबलमा मानिसहरु ले मःमका विविध प्रकारसँगै कुटुम्बको संगीतको मज्जा भरपूर सँग लिएका थिए । दिउँसो १२ बजेदेखि रातिको १० वजेसम्म चलेको यस फेस्टिवलमा नेपालीहरु भन्दा पनि विदेशीहरु को सहभागिता बढी देखिन्थ्यो । यस मः म फेस्टिवलले नेपाली खाना, परिकार र संगीतको एकदमै प्रचार गरेको र नेपाल फेस्टिवलको झझल्को दिएको उपस्थित व्यक्तिहरुले बताएका थिए । कार्यक्रम एकदमै व्यवस्थित भएकोमा दर्शकहरु खुसी पनि देखिन्थे ।

नेपाली संगीतलाई विश्व मञ्चमा पस्किन सफल नेपाली व्याण्ड कुटुम्बले फेस्टिवलमा आफ्नो संगीत ले सबै लाई मन्त्रमुग्ध बनाएर संगीतको तालमा सबै दर्शकलाई लामो समय सम्म नचाएको थियो । करिब ५,६ महिना देखिको तयारी रहेको मःम फेस्टिवलको विभिन्न आकर्षण क्रिया कलाप मध्ये मःम माष्टर सेफ प्रतिस्पर्धा पनि एक रहेको थियो ।
मःम मास्टर सेफको कम्पिटिसनमा सीता गुरुङ्गप्रथम भएकी थिइन् । प्रतिस्पर्धाको निर्णयकहरु द एज गुड फुड गाइडमा तीन पटक सम्मसेफ अफ द इयर जित्न सफल सेफएन्ड्रयू म्याककोनल र २०१२ को योङ्ग सेफ अफ द इयर केइसी म्याकडोनल्ड रहेका थिए ।पहिलो चरणबाट छानिएर फाईनलसम्म पुगेका सेफहरु अञ्जल जोशी, सीता गुरुंग र सञ्जीव श्रेष्ठमध्येबाट निर्णायकहरु ले सीता गुरुंगले बनाएको सीफुड मःमलाई उत्कृष्ट ठहराएका थिए । मःम मास्टर सेफको कम्पिटिसन जित्ने सीता गुरुङ्गलाई पाँच सय डलर राशी प्रदान गरिएको थियो ।
मःम र नेपाली अन्य परिकार, नेपाली कला संस्कृति झल्काउने हस्तकला, नेपाली चित्रकला र मूर्तिकलाका सामग्रीहरु, नेपाली पोसाकहरुको रौनक एकातिर थियो भने अर्कोतर्फ कलर उमंगसँगै संगीतको रौनकमा उपस्थितले कुटुम्बको सांगीतिक प्रस्तुतिमा नाचेर उत्साह थपेका थिए । फेस्टिवलमा नेपालको गोरखा जिल्लामा अवस्थित लाप्राकमा नमूना वस्ती निर्माको लागिआर्थिक सहयोग जुटाउने हेतुले विभिन्न स्टलहरुमा सहयोग संकलन बुथहरु राखिएका थिए र प्रवेश द्वारमा केही स्वयंमसेवकहरुले पनि कसैलाई दवाब नगरी तर जति सक्दो सहयोग गर्नअपिल गरेका थिए । सहयोग संकलनबाट ६ हजार १ सय ९९ डलर संकलन भएको आयोजक संस्था सोलाङचरले बताएकोे छ । करिब एक महिना लामो अष्ट्रेलिया टूरमा आएको कुटुम्ब व्याण्डले यही २५ तारिखमा एडिलेडको नेपाल महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति पस्किएको थियो, कुटुम्बको अबको यात्रा भनेको पर्थ तथा अष्ट्रेलियाको अन्य शहरहरुमा हुनेछ ।