दशौ हजारको सहभागितामा मःम फेष्टिभल सम्पन्न

सोलाङचरको आयोजनामा गत अप्रिल २६ तारिख २०१७ मेलबर्नमा मःम फेष्टिभल भव्यताका साथ सम्पन्न भएको छ । कोबर्गको भेलोड्रोमी ग्राउण्डमा भएको यस मः म फेष्टिभलमा ६ हजार जनाले रजिष्ट्ररर्ड गरेपनि त्यो भन्दा बढी नै लगभग दोब्बर मानिसहरुको चहलपहल रहेको थियो । आयोजकले दश हजार भन्दा बढीले मम फेस्टिवलमा आएर मःम,अन्य नेपाली परिकारको र नेपाली संगीतको मज्जा लिएको अनुमान लगाएका छन् ।
प्रवेश निःशुल्क रहेको यो फेस्टिबलमा मानिसहरु ले मःमका विविध प्रकारसँगै कुटुम्बको संगीतको मज्जा भरपूर सँग लिएका थिए । दिउँसो १२ बजेदेखि रातिको १० वजेसम्म चलेको यस फेस्टिवलमा नेपालीहरु भन्दा पनि विदेशीहरु को सहभागिता बढी देखिन्थ्यो । यस मः म फेस्टिवलले नेपाली खाना, परिकार र संगीतको एकदमै प्रचार गरेको र नेपाल फेस्टिवलको झझल्को दिएको उपस्थित व्यक्तिहरुले बताएका थिए । कार्यक्रम एकदमै व्यवस्थित भएकोमा दर्शकहरु खुसी पनि देखिन्थे ।

नेपाली संगीतलाई विश्व मञ्चमा पस्किन सफल नेपाली व्याण्ड कुटुम्बले फेस्टिवलमा आफ्नो संगीत ले सबै लाई मन्त्रमुग्ध बनाएर संगीतको तालमा सबै दर्शकलाई लामो समय सम्म नचाएको थियो । करिब ५,६ महिना देखिको तयारी रहेको मःम फेस्टिवलको विभिन्न आकर्षण क्रिया कलाप मध्ये मःम माष्टर सेफ प्रतिस्पर्धा पनि एक रहेको थियो ।
मःम मास्टर सेफको कम्पिटिसनमा सीता गुरुङ्गप्रथम भएकी थिइन् । प्रतिस्पर्धाको निर्णयकहरु द एज गुड फुड गाइडमा तीन पटक सम्मसेफ अफ द इयर जित्न सफल सेफएन्ड्रयू म्याककोनल र २०१२ को योङ्ग सेफ अफ द इयर केइसी म्याकडोनल्ड रहेका थिए ।पहिलो चरणबाट छानिएर फाईनलसम्म पुगेका सेफहरु अञ्जल जोशी, सीता गुरुंग र सञ्जीव श्रेष्ठमध्येबाट निर्णायकहरु ले सीता गुरुंगले बनाएको सीफुड मःमलाई उत्कृष्ट ठहराएका थिए । मःम मास्टर सेफको कम्पिटिसन जित्ने सीता गुरुङ्गलाई पाँच सय डलर राशी प्रदान गरिएको थियो ।
मःम र नेपाली अन्य परिकार, नेपाली कला संस्कृति झल्काउने हस्तकला, नेपाली चित्रकला र मूर्तिकलाका सामग्रीहरु, नेपाली पोसाकहरुको रौनक एकातिर थियो भने अर्कोतर्फ कलर उमंगसँगै संगीतको रौनकमा उपस्थितले कुटुम्बको सांगीतिक प्रस्तुतिमा नाचेर उत्साह थपेका थिए । फेस्टिवलमा नेपालको गोरखा जिल्लामा अवस्थित लाप्राकमा नमूना वस्ती निर्माको लागिआर्थिक सहयोग जुटाउने हेतुले विभिन्न स्टलहरुमा सहयोग संकलन बुथहरु राखिएका थिए र प्रवेश द्वारमा केही स्वयंमसेवकहरुले पनि कसैलाई दवाब नगरी तर जति सक्दो सहयोग गर्नअपिल गरेका थिए । सहयोग संकलनबाट ६ हजार १ सय ९९ डलर संकलन भएको आयोजक संस्था सोलाङचरले बताएकोे छ । करिब एक महिना लामो अष्ट्रेलिया टूरमा आएको कुटुम्ब व्याण्डले यही २५ तारिखमा एडिलेडको नेपाल महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति पस्किएको थियो, कुटुम्बको अबको यात्रा भनेको पर्थ तथा अष्ट्रेलियाको अन्य शहरहरुमा हुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



