खेलकुदमा नेपालको निराशाको दिन
फुटबल र क्रिकेटमा पराजित

काठमाडौं– आज मार्च २८ का दिन दुई भिन्न देशमा सम्पन्न क्रिकेट तथा फुटबल खेलमा नेपालले पराजय व्यहोर्नु परेको छ । फिलिपिन्समा भएको खेलमा नेपाल फिलिपिन्सस०्ंग हारेको हो भने बंगलादेशमा भएको क्रिकेट खेलमा बंगलादेशसगै पराजित भएको हो ।
एसीसी इमर्जिङ टिम्स् कप–२०१७ को दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित हुदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल १५ चैतमा भएको दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको हो । टस जितेर बंगलादेशलाई ब्याटिङको लागि निम्त्याएको नेपालको बलिङ राम्रो हुन सकेन् । एक रनमै पहिलो विकेट गुमाएको बंगलादेशका क्रमिक रुपमा विकेट झर्दै गए । ३३ रनमा ४ विकेट गुमाउदा बंगलादेशको पारी धर्मराएको थियो । तर नासिर हुसैनले अभिजित १०९ रन बनाएपछि ९ विकेटको क्षतिमा बंगलादेश २५७ रन बनाउन पुग्यो । उसका लागि मोनिमुल हकले ६१, अब्दुल हसनले २९ रन बनाए । नेपालका लागि अभिनाष कर्णले ३, शरद भेष्वाकरले २ तथा महबुब आलम, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक÷एक विकेट लिए । २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२।३ ओभर खेल्दै १७४ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी ५६, दिलिप नाथ ४१, विनोद भण्डारी ३३, आषिप सेख १२, महबुब आलम १० रन बनाए भने अन्यले दोहोरो अंक पनि बनाउन सकेनन् । दुई खेलमा हार बेहोरेको हङकङ पनि बिना अंक पुछारमा छ । त्यस्तै समूह ए बाट ४ अंक सहित सेमिफाइलनमा प्रवेश गरेको छ । नेपालले प्रतियोगिताको अन्तिम खेल १७ चैतमा हङकङसँग खेल्ने छ ।
उता, एएफसी कप २०१९ छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको छ । ७२ औं मिनेटमा फिलिपिन्सले अर्को गोल थपेर तीन अंक सुनिश्चित गर्यो ।
मध्यान्तरसम्म नेपाल ३–१ गोलले पछाडि थियो । फिलिपिन्सको मनिलामा भएको खेलको १५ औं मिनेटमै विक्रम लामाले रातो कार्ड पाएका थिए । फिलिपिन्सको पेनाल्टी प्रहार किरण चेम्जोङले बचाए ।
१० खेलाडीमा सीमित नेपालविरुद्ध फिलिपिन्सले दोस्रो पेनाल्टीमार्फत अग्रता लियो । ३ गोलले पछि परेको अवस्थामा नेपालका लागि विशाल राईले उत्कृष्ट गोल गरे ।
विशाल ३० औं मिनेटमा अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका थिए ।
नेपालको समूहमा फिलिपिन्स, ताजिकिस्तान र यमन परेका छन् । नेपालले फिलिपिन्ससँग अर्को खेल होम ग्राउण्डमा खेल्नेछ ।
एएफसी सोलिडारिटी कप विजेताको रुपमा नेपालले एएफसी कप छनौट खेल्न पाएको हो ।
फिफा वरियतामा नेपाल १७० औं र फिलिपिन्स १२४ औं स्थानमा छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...