अन्तिम खेलमा विजयी भयो नेपाल

काठमाडौं— कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शन तथा चौँथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र शरद भेषावकरले उत्कृष्ट साझेदारी गरेपछि बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले सान्त्वना जीत हासिल गरेको छ ।
नेपालले आफ्नो अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको हो । हङकङले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ४४ दशमलव २ ओभरमा पुरा गर्यो । दिपेन्द्र र शरदले १ सय ५ रनको साझेदारी गरेर नेपालको जीत सुनिश्चित गरे । दीपेन्द्र ६० र शरद ५५ रनमा अविजित रहे ।
त्यसअघि ओपनर आसिफ शेख ११ औंँ ओभरमा ८ रनमा पविलियन फर्केपनि ज्ञानेन्द्रले नेपाली इनिङ्स उकासेका थिए । ८२ बल खेलेका उनले ७० रनको योगदान गरे । उनको इनिङ्समा ११ चौका समावेश थियो । त्यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दिलिप नाथ १२ रनमा आउट भएका थिए । हङकङका जथा सुब्रमण्डयेमले २ तथा निजाकत खानले १ विकेट लिए । यसअघि बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा २ सय १४ रन जोडेको थियो । नेपालका अविनाश कर्णले ३, ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुसन भारीले २र२ र सन्दिप लामिछानेले एक विकेट लिए । समुह बीमा रहेको नेपालले आजको जीतसँगै २ अंक जोड्दा हङकङ अंकबिहीन रहँदै तालिकाको पुछारमा पुगेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...