नेपालको अर्को सफलता
मलेसिया पाँच विकेटले पराजित

काठमाडौं– आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । मलेसियाका प्रारम्भीक ब्याट्समेन सेइद अजिजले ४६ रन बनाए भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ७, सहाव आलमले २ र रिजन ढकालले एक विकेट लिए ।
प्रतिउत्तरमा नेपालले जित हासिल गर्न पाँच विकेट गुमाउनु पर्यो । २२ दशमलव २ ओभरमा पाँच विकेट गुमाएर ९२ रन बनायो । नेपालका लागि रोहित कुमार पौडेलले ३४, दीपेन्द्रसिंह ऐरीले १९, सन्दीप सुनारले १५ र अनिल शाहले १२ रन बनाए । मलेसियाका लागि वीरनदीप सिंहले ३ र हफिजिद्दिनले २ विकेट लिए ।
प्रतियोगिताका सबै खेल जितेको अफगानिस्तान शिर्षस्थानमा छ भने नेपाल एक खेल हारेर दोस्रो स्थानमा छ । नेपालले अर्को खेल भोलि मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...