कार्यभार हस्तान्तरण समारोहमा देउवाले ७ जना मनोनित गरे

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले ७ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
बुधबार अपराह्न पार्टी कार्यालय सानेपामा आयोजित नवनिर्वाचितलाई प्रमाण पत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा देउवाले १३ औं महाधिवेशनमा पराजित भएका अनुहारलाई केन्द्रीय सदस्यमा मनोनित गरेको घोषणा गरेका हुन् ।
यसरी मनोनित हुनेमा देउवाका प्रतिस्पर्धी रामचन्द्र पौडेल, अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, गगन थापा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका छन् ।
यसैगरीको निवर्तमान सभापति सुशील कोइरालाको निधनको खबरले बिरामी भएर चुनावी प्रतिस्पर्धामा भाग लिन नपाएका नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचित ६४ जना पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे ।
उक्त समारोहमा बोल्ने सबै नेताले पार्टीलाई एक ढिक्का बनाउने उदघोष गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...