अलि अलि भन्दै आइन् गायिका चन्दा देवान

काठमाडौं– स्थापित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा चर्चित नायिका एवं मोडल एलिसा राईले आकर्षक नृत्य–अभिनय गरेकी छिन् । एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन मनोरम स्थल नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो । भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ ।
सचिन सिंहद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चेतन बाराकोटीले रचना गरेका हुन् । म्युजिक भिडियोको निर्देशन युवा सञ्चारकर्मी विदुर खतिवडाले गरेका हुन् । उक्त भिडियोको छायांकन उत्कृष्ट छायाकारको परिचय बनाइसकेका सुदीप बरालले गरेका हुन् भने राजीव समरले यसमा कोरियोग्राफी गरेका छन् ।
भिडियो केही महिनाअघि चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सहयोग पुगोस् भन्ने चाहना राखेर ‘छानो हाल्ने सपनीमा म बेचिनु पर्यो’ गीत गाएकी गायिका चन्दाले यो नाच्ने किसिमको गीतले आम नेपालीलाई नाच्न अग्रसर गराउने अपेक्षा राखेकी छिन् । उक्त गीतको म्युजिक भिडियोलाई केन्द्रबिन्दु टिभीले सार्र्वजनिक गरेको हो ।
यस्तो छ रम्दैछ अलि अलिको म्युजिक भिडियो
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...