अदालतको निर्णय संगै उपप्रधानमन्त्री सहित ५ सांसद वर्खास्त

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, कार्तिक १०, २०७४
अष्ट्रेलिया,  दोहोरो नागरिकता लिएको आरोपमा ७ सांसद अस्ट्रेलियाको उच्च अदालतमा परेको मुद्दा माथि अदालतले सांसदहरु को विपक्षमा फैसला गरेको छ।  यस फैसला संगै अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नवे जोयस सहित अन्य पाँच जना सांसदहरु आफ्नो पदबाट वर्खास्त भएका छन् ।
कुनै पनि बिदेशी नागरिकले अष्ट्रेलियाको सांसद, मन्त्री लगाएत पदमा रहन नमिल्ने अष्ट्रेलियाको संबिधान अनुसार आएको उक्त फैसलाले दुई सांसद माट कानाभान र निक जोनोफोनलाई भने निर्दोष ठहराएको छ।
अष्ट्रेलियन मिडियामा सर्बत्र छाएको यस खबरमा उपप्रधानमन्त्री जोयस अष्ट्रेलिया र न्युजिल्याण्डको दोहोरो नागरिकताधारी हुन् । दुवै देशको नागरिक रहदै गर्दा उनि चुनावबाट निर्बाचित भाइ सांसद बनेका थिए । उनीलाई सांसद सदस्यको लागि अयोग्य ठहर संगै उनि उपप्रधानमन्त्रीबाट समेत स्वत निलम्बन हुने जनाईएको छ ।  उपप्रधानमन्त्री जोयसका अलवा माल्कर्म रोवर्टस्, फोइना नास, स्कट लुडलाम्  र लरिसा वाटर्स पनि यसै फैसला संगै बर्खास्त भएका छन्।
(Photo: Agency)