सोमबार भएका दुई दुर्घटनामा २० जनाको निधन

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, कार्तिक १३, २०७४

काठमाडौं– सोमबार गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २० जनाको निधन भएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको वीरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार नै उदयपुरबाट ओखलढुंगा जाँदै गरेको सुमो जीप दुर्ङटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको थियो । दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिएका छन् । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा तीन जना महिला र ६ जना पुरुष छन् । मृत्यु हुने मध्ये सबैको सनाखत भएको छ ।
मृतकहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमीचौरका अन्दाजी बर्ष ३१ का भीमबहादुर घर्ती मगर ९ड्राईभर० गुल्मी मालिका गउँपालिका ६ का ३० वर्षीय लालबहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरकी २७ वर्षीया यमुना पन्थी मरासिनी, ईस्मा९२ पालुकाकी ४५ वर्षीया रुबी नेपाल, इस्मा९६ का २६ वर्षीय दिलबहादुर कुमाल र गुल्मी रिमुवाकी सुमित्रा दर्लामी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊकी ५० वर्षीया मानकुमारी थापा, अर्घाखँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे र बुटवलका केशवबहादुर गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ । त्यसैगरी मालिका गाउँपालिका गुल्मीका २० वर्षका ७ घमिर सुमन कार्की, इस्मा गाउँपालिका गुल्मीका वर्ष २४ का वीरबहादुर मुखिया, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने अन्दाजी बर्ष ३५ का रामप्रसाद पाण्डेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीका चालकको पाल्पा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करीव ३ सय मिटर भन्दा बढी तल खसेको थियो । गाडीको तीब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जीप सडकको नालीमा रहेको बताए । दुर्घटना स्थल ठूलो भीर र साँघुरो बाटो छ ।
उता, उदयपुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुई जनाको उद्दार गरिएको छ । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको जीप उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ ।