सोमबार भएका दुई दुर्घटनामा २० जनाको निधन

काठमाडौं– सोमबार गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २० जनाको निधन भएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको वीरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार नै उदयपुरबाट ओखलढुंगा जाँदै गरेको सुमो जीप दुर्ङटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको थियो । दुर्घटनामा ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिएका छन् । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा तीन जना महिला र ६ जना पुरुष छन् । मृत्यु हुने मध्ये सबैको सनाखत भएको छ ।
मृतकहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमीचौरका अन्दाजी बर्ष ३१ का भीमबहादुर घर्ती मगर ९ड्राईभर० गुल्मी मालिका गउँपालिका ६ का ३० वर्षीय लालबहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरकी २७ वर्षीया यमुना पन्थी मरासिनी, ईस्मा९२ पालुकाकी ४५ वर्षीया रुबी नेपाल, इस्मा९६ का २६ वर्षीय दिलबहादुर कुमाल र गुल्मी रिमुवाकी सुमित्रा दर्लामी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊकी ५० वर्षीया मानकुमारी थापा, अर्घाखँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे र बुटवलका केशवबहादुर गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ । त्यसैगरी मालिका गाउँपालिका गुल्मीका २० वर्षका ७ घमिर सुमन कार्की, इस्मा गाउँपालिका गुल्मीका वर्ष २४ का वीरबहादुर मुखिया, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने अन्दाजी बर्ष ३५ का रामप्रसाद पाण्डेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीका चालकको पाल्पा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करीव ३ सय मिटर भन्दा बढी तल खसेको थियो । गाडीको तीब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जीप सडकको नालीमा रहेको बताए । दुर्घटना स्थल ठूलो भीर र साँघुरो बाटो छ ।
उता, उदयपुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुई जनाको उद्दार गरिएको छ । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको जीप उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



