उदायो महेश्वरको प्रवासका जुनहरु 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४
प्रबासको ब्यस्त दैनिकीमा नेपाली साहित्यको भोकलाई आफु भित्र मौलाउदै निखार्दै कवि महेश्वर शर्माका ‘प्रबासका जूनहरु’ १९ अगष्टका दिन सिड्नीमा उदाएको छ । नेपालको लागि अस्ट्रेलियाका राजदूत माहामहिम लक्की शेर्पाको प्रमुख आतिथ्यतामा अनि कवि शर्माका आफ्नै माता पिताको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त बिमोचन समारोहमा साहित्यकार र साहित्यप्रेमीहरु को बाक्लो उपस्थिति थियो । कवि शर्माले उक्त अबसरमा आफ्नै तर सबै बिदेशिएका युवाहरुलाई मिल्ने संकल्प र कविता संग्रहबाट ४ वटा कविता समेत बचन गरेका थिए ।  
उक्त अबसरमा विमोचित कृति र कविलाई छोटो शुभकामना दिदै प्रमुख अतिथी महामहिम राजदुत लक्की शेर्पाले कवी महेश्वरको संकल्प सुन्दा आफुलाई उनि प्रति निक्कै सम्मान जागेको र उनि जस्तै युवाहरु जन्माउन उनको यो सोचले धेरै फरक पर्ने बताइन । आफ्ना आमा बाबुलाई यहाँ सम्म ल्याएर पुस्तक बिमोचन गराउनु माता पिता प्रतिको सम्मान हो जसले आफु नतमस्तक बनेको बताउदै यस्ता युवाको देश प्रतिको सोच र सम्मानमा दुताबास सहयोग गर्न हमेसा तयार रहेको बताईन । सो कृतिमाथि  साहित्यकार केदार पोखरेलले समिक्षा गरेका थिए भने अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले कवि शर्मा जस्ता कविहरुले भोलीका दिनमा नेपाली साहित्यलाई प्रवासमा जोगाईराख्न महत्वपूर्ण भूमिका खेल्ने कुरा बताएका थिए । अन्तराष्ट्रिय साहित्य समाज एनएसडब्लु च्याप्टरकीअध्यक्ष सानु घिमिरेको सभापतित्वमा चलेको उक्त कार्यक्रमको समापन गर्दै सानु घिमिरे कवि शर्मालाई शुभकामाना दिदै अन्तराष्ट्रिय साहित्य समाजले यस्ता प्रतिभाहरुलाई सधै प्रस्फुटित गर्न सहयोगी हुने बताइन । संचारकर्मी राम न्यौपानेद्वारा संचालित उक्त कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तकलाई बिक्रिको ब्यवस्था समेत गरिएको थियो।