वैशाख १२: गोरखा भूकम्पको सम्झना, जोखिम उस्तै
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्याएको थियो । सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सो दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइदैछ ।
अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई विर्साउने गरी बैशाखमा गएको उक्त विनासकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ । खानी तथा भूगर्भविभागले गोरखा भूकम्पको सम्झनामा बुधबार बृहत् फोटो प्रदर्शनी गर्दैछ भने देशभर सचेतनामूलक कार्यक्रमहरू हुँदैछन् । गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट,रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।
सो भूकम्पले करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान सरकारले गरेको थियो ।तर, सरकार र नागरिक तह दुवैले भूकम्पबाट जोगिन प्रभावकारी काम नगरेकोपुष्टि गत कार्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा भएको छ । ६ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पा¥यो । १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भए । सरकारले भूकम्प गएको महिनौं दिनसम्म पनि पीडिटका लागि राहत सामग्री पुर्याउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागिस्थाई आवास निर्माणका प्रकृया सरकारले अगाडि बढाउन सकेको छैन । नेपाल भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्छ भने काठमाडौं उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...