एप्पलको नयाँ म्याकबुक
एप्पलले हालैमात्र सार्वजनिक गरेका आइफोन १२ सिरिज यो वर्ष सन् २०२० का अन्तिम प्रडक्टहरु हुने अनुमान गरिएको थियो । तर एप्पलले थप नयाँ प्रडक्ट सार्वजनिक गरेर मात्र सन् २०२० लाई बिट मार्ने भएको छ । एप्पलले नोभेम्बर १० का दिन एक विशेष समारोह आयोजना गर्दैछ । पत्रकारहरुलाई प्रेषित गरिएको निमन्त्रणामा उक्त कार्यक्रमको शीर्षक इलभ :यचभ त्जष्लन अर्थात् थप एक चिज रहेको उल्लेख छ । यसबाट पनि उक्त दिन एप्पलले आफ्नो एउटा नयाँ प्रडक्ट सार्वजनिक गर्ने निश्चित भएको छ । यद्यपि एप्पलले प्रेषित गरेको निमन्त्रणमा उसले सार्वजनिक गर्ने नयाँ प्रडक्टका बारेमा कुनैपनि जानकारी दिइएको छैन । तथापि एप्पलले यसअघि नै झलक प्रस्तुत गरेर हालसम्म लञ्च नगरेको एउटा प्रडक्ट नोभेम्बर १० मा सार्वजनिक हुने धेरैको अपेक्षा छ । गत जुन महिनामा आयोजित वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका क्रममा एप्पलले आफ्नै सिलिकन चिप्सको प्रयोग गरी म्याकबुक उत्पादन गरेर बजारमा ल्याउने घोषणा गरेको थियो । अहिलेसम्म एप्पलका म्याकबुकमा इन्टेल कम्पनीका चिप्स प्रयोग हुँदै आएका छन् । गत जुन महिनामै एप्पलले यो वर्षको अन्त्यसम्ममा कम्पनीकै चिपयुक्त म्याकबुक बजारमा उपलब्ध हुने बताएकोले नोभेम्बर १० मा एप्प्लले म्याकबुककै नयाँ संस्करण सार्वजनिक गर्न लागेको अनुमान गरिएको छ । स्मरण रहोस् एप्पलले आफ्नै चिप प्रयोग गरेर केही आइफोन र आइप्याण्डका संस्करण बजारमा ल्याइसकेको छ । यो वर्ष एप्पलले आफ्ना प्रयोगकर्ताका लागि प्रसस्तै नयाँ प्रडक्टहरु उपलब्ध गराएको छ । जसमा आइफोन १२ सिरिजका चार मोडेलका आइफोन, सस्तो मूल्यको आइफोन एस इ, एक म्याकबुक, दुई मोडेलका एप्पल वाच र ३ नयाँ मोडेलका आइप्याड रहेका छन् । यीसँगै एप्पलले ठूलो संख्या सफ्टवेयर फिचर समेत थप गरेको छ ।
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...