टेस्लाको कीर्तिमानी आम्दानी

विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । हालै सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढी हो । तथापि सन् २०२० को अन्तिम त्रैमासिकमा भन्दा आम्दानीमा केही कमी आएको छ । खासगरी दुई महत्वपूर्ण मोडेलका कारहरु मोडेल एस र मोडेल एक्सको उत्पादन बन्द गरेका कारण यस त्रैमासिकमा टेस्लाको आम्दानीमा गत त्रैमासिक भन्दा कमी भएको हो । साथै समग्र अटो उद्योगमा जस्तै टेस्लालाई पनि कम्प्युटर चिप्सको अभावले नकारात्मक असर गर्यो । लगानीकर्ताहरुलाई सम्बोधन गर्दै टेस्ला सिइओ एलन मस्कले कम्प्युटर चिपको अभाव टेस्लाका लागि ठूलो समस्या बनेको उल्लेख गर्दै यस अवधिमा कम्पनीले आपूर्ति प्रणालीमा अहिलेसम्मकै ठूलो चुनौतिको सामना गर्नु परेको बताए । पहिलो त्रैमासिकमा टेस्लाले बिटक्वाइनमा भएको लगानीबाट समेत मुनाफा गर्न सफल भएको छ । टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गरेकोमा बिटक्वाइन बिक्रिबाट १० करोड १० लाख डलर नाफा कमाएको छ । स्मरण रहोस् केही समय अघिसम्म टेस्लाले हरेक त्रैमासिकहरुमा घाटा खाइरहेको हुन्थ्यो र नगद प्रवाहकै समस्या हुने जोखिम थियो । सन् २०१८ को अन्त्यसम्ममा त टेस्लाका कुनैपनि त्रैमासिकहरु मुनाफायुक्त भएनन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



