कोभिड-१९ घर किन्नेहरुका लागि अवसर वा चुनौती ?
कस्तो छ मार्केट? कसरि गर्ने तयारी ?
२०१९ को मध्यतिर उकालो लाग्दै गरेको प्रोपर्टी मार्केट २०२० को सुरुमै कोभिड-१९ का कारण अन्योलमा परेको देखिन्छ। कोरोना महामारीका कारण अर्थतन्त्र र जनजीवनमा परेको चौतर्फी असरले प्रोपर्टी मार्केट फेरि एकचोटी थलिन पुगेको छ। समग्र अर्थतन्त्र र जीवनशैलीमा अनिश्चितता र एक प्रकारको अन्योल छाएको छ । तर यसका सकारात्मक पक्षहरु पनि छन्। सरकारी सेवा, स्वास्थ्य, रिटेल, आइटी तथा अन्य थुप्रै सेक्टरहरुमा रोजगारीको अवसर बढेको छ। यतिबेला अष्ट्रेलियामा बैंक ब्याजदर इतिहासमै सबैभन्दा कम छ। फर्स्ट होम बाएर हो भने सरकारले विभिन्न प्रकार अनुदानहरु अफर पनि गरिरहेको छ। प्रतिष्पर्धात्मक होम लोनमा सस्तो ब्याजदर मात्र होइन आकर्षक “क्यास ब्याक” अफरहरु पनि छन् । प्रोपर्टीको मूल्यमा पनि राम्रो करेक्सन छ। करीब ६ लाख बराबरको प्रोपर्टीमा गतबर्षको तुलनामा करिब ५० हजार जति करेक्सन देखिएको छ। आफ्नो आर्थिक स्थिति बलियो छ भने कम्तिमा पनि बस्नको लागि घर किन्ने यो उपयुक्त समय हुन सक्छ।
अष्ट्रेलियामा हामी आप्रवासी, जहाँ हाम्रो पैतृक सम्पत्ति छैन र बस्न पनि भाडा मै पर्छ। कामबाट आर्जन गरेको आम्दानीको सबैभन्दा ठूलो हिस्सा घरभाडा मै सकिन्छ। सुरुका दिनहरुमा सबैका कथाहरु यस्तै हुन्छन्। जब मानिसहरु बिस्तारै सेटल हुदै जान्छन्, मतलब पढेर सकिन्छ, पीआर आउछ तब अधिकांशको प्राथमिकता र चाहना घरभाडाबाट मुक्त हुनका लागि बैंक सँग ऋण लिएर घर किन्ने हुन्छ ।
प्रवासमा आफ्नो कमाइले जीवन यापनका थुप्रै व्यवस्थाहरु मिलाई न्युनतम रकम बचत गरेर घर किन्ने काम त्यति सजिलो छैन तर असम्भव पनि छैन। हुन त अष्ट्रेलियामा जो कोहिले पनि प्रोपर्टी किन्न सक्छन् तर अस्थाई बासिन्दाहरुका लागि प्रक्रिया अलि झन्झटिलो र खर्चिलो हुने हुनाले अधिकांशले पिआर आइसकेपछि मात्रै घर किन्ने योजना बनाएका हुन्छन्।
कसरि हुन्छ तयारी ?
बैंक कर्जामा घर किन्ने भएपछि सबैभन्दा पहिलो मापदण्ड त भरपर्दो रोजगारी हुनै पर्यो जहाँ रोजगारी र आम्दानीको सुरक्षा होस्। त्यसपछि आम्दानीको निरन्तरता, बचतको सुनिश्चितता सहित करिब १० प्रतिशत डिपोजिट रकमको बचत महत्वपूर्ण हुन्छ । अनिमात्र आम्दानी र बचतका आधारमानै हामीले कहाँ र कस्तो मूल्यको प्रोपर्टी किन्न सकिन्छ भन्नेबारे अनुसन्धान थाल्नुपर्ने हुन्छ।
प्रोपर्टीको मूल्यलाई प्रभाव पार्ने थुप्रै कारक तत्वहरु हुन्छन्। स्थान, आकार, प्रकार र गुणस्तरले प्रोपर्टीको मूल्यमा प्रभाव पार्दछन्। तर किन्नेले हेर्नुपर्ने आफ्नो आर्थिक क्षमता र त्यस अनुसारको भौगोलिक सहजता नै महत्पूर्ण हुन्छ।
करिब आधा मिलियन भन्दा बढी बैंकको ऋण लिएर प्रोपर्टी किन्दा हाम्रा बुढापाकाहरुले भनेजस्तो “घाँटी हेरेर हाड निल्नु पर्छ” । आफ्नो आम्दानीको करीब ५० प्रतिशत रकमले घरको किस्ता तिर्न सक्ने साइजमा लोन राख्नु उपयुक्त हुन्छ। नत्र तपाईको गुणस्तरीय जीवनशैली नराम्रोसंग कम्प्रोमाइज्ड हुनसक्छ। किनकि घरको किस्ताको अतिरिक्त थुप्रै अनपेक्षित खर्चहरु दिनानुदिन हुने गर्दछन्।
के यो घर किन्ने उपयुक्त समय हो ?
बैधानिक रुपमा क्वालिफाई हुनुहुन्छ अर्थात् अष्ट्रेलियामा पीआर बन्नुभयो, आर्थिक रुपमा सक्षम हुनुहुन्छ र आन्दानीको श्रोत विश्वसनीय छ भने आफू बस्नको लागि घर किन्न कन्फ्युज नहुनुस्। न्यून ब्याजदर, घटेको प्रोपर्टी मूल्यलाई मध्यनजर गर्दा भाडामा बस्दा भन्दा घरको किस्ता तिरेर आफ्नो घरमा बस्नु आर्थिक, मनोबैज्ञानिक र जीवनशैलीका हिसाबले सहि निर्णय हुन सक्छ। तर इन्भेस्टमेन्टको लागि किन्दै हुनुहुन्छ भने थुप्रै कुराहरु विचार गर्नुपर्ने हुन्छ।
मानिसहरु प्रश्न गर्दछन् “ दाई घरको मूल्य घट्दै छ, अहिले पर्खिने विचार गरे कसो होला?” सहि!, सहमत, तर घर किन्ने भनेकै घटेको बेलामा हो र अझै घट्छ भन्ने सन्त्रास मै घर किन्दा झन् राम्रो डिल मिल्न सक्छ। किनकि अझै घट्ने मनोविज्ञानका कारण तपाईले अरु बार्गेन गर्न सक्नुहुन्छ। तर त्यसका बिपरित केहि समय पछि प्रोपर्टी मार्केट माथि जान्छ भन्ने मानसिकता प्रोपर्टी बेच्ने मान्छेमा रह्यो भने किन्नेले राम्रो बार्गेन नपाउने सम्भावना रहिरहन्छ। मेरो अनुभवमा थुप्रै मानिसहरु घटेको बेलामा अरु घट्छ कि भनि पर्खिने, जब उकालो लाग्छ तब मूल्यमा बढाबढ गरि किन्ने थुप्रै बायरहरु देखेको छु। त्यो निर्णयले आर्थिक हानि मात्र होइन गुणस्तरीय प्रोपर्टी किन्ने सपनामा झट्का लाग्न सक्छ। किनकि त्यतिबेला अक्सर मानिसहरु हतारमा निर्णय गर्दछन् ।
घर किन्ने तयारी र प्रक्रिया कसरि गर्ने त ?
आर्थिक र मनोबैज्ञानिक रुपमा घर किन्ने तयारी भएपछि तपाईले पहिले आफ्नो आम्दानी, बजेट र बचतका आधारमा लोन प्री-एप्रोभलका लागि बैंक वा ब्रोकरसंग सम्पर्क गर्नु पर्ने हुन्छ। एउटा साधारण फर्स्ट होम बायरले घरका बारेमा आउन सक्ने कानूनी कुराहरुमा जानकारी हुने कुरै भएन। त्यसका लागि उचित कानूनी परामर्शका लागि भरपर्दो Conveyancer रोज्नु अति नै महत्वपूर्ण हुन्छ। बजारमा थुप्रै सुकिला मुकिला देखिने रियल स्टेट एजेन्टहरु भेटिन्छन्, त्यसमा कोही कलात्मक रुपमा सपना बाढ्ने पनि हुन्छन्। अलमलकै क्रस-रोड परेर पहिलो घर किन्दा अल्मलिने र गलत निर्णयमा पुग्नसक्ने सम्भावना धेरै रहन्छ। तसर्थ विश्वसनीय Conveyancer र तपाईको आफ्नो एकाउन्टेन्टसंग पनि बिशेष घनिभूत छलफल गर्दा राम्रो हुन्छ।
आफ्नो काम, बाल बच्चाहरुको स्कूल र प्रोपर्टीका लागि आफुले बहन गर्न सक्ने बजेटका आधारमा केहि सबर्बहरुलाई सर्ट-लिस्टमा राखी आफ्नो रिसर्च सुरु गर्नु अति आवस्यक हुन्छ। त्यसका लागि केहि प्रचलित वेबसाईटहरु मा गएर खोज गर्न सकिन्छ। तपाइको छनौटमा परेको सबर्बमा हालैका समयमा खरिद बिक्रि कस्तो छ भन्ने अध्यनले नै तपाइले लिने निर्णयलाई अरु परिपक्व र आत्मविश्वासपूर्ण बनाउंछ।
मूलधार अष्ट्रेलियनहरुकै लागि पनि घर किन्नुलाई “ग्रेट अष्ट्रेलियन ड्रिम” भन्ने गर्दछन् भने हामि जस्ता आप्रवासीहरुका लागि पक्कै पनि यो चुनौती मात्र होइन एउटा ठूलो अवसर र खुशीको क्षण हुने गर्दछ। आफ्नो निरन्तर परिश्रम पसिनाले आर्जेको बचतलाई प्रोपर्टीमा गरिने समयोचित लगानीले जीवनका आउदा दिनहरु थप पुरष्कृत बन्न सक्छन।
The writer can be reached at: lamsalmk@gmail.com
(Disclaimer: The information summarised herein just a writers opinion and does not constitute financial or other professional advice. Hence, the writer does not accept liability for any loss or damage howsoever due to use or reliance on the content of the article. – MKL)
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...