घरमा रहनुहोस् र आगन्तुकहरुलाई आउन नदिनुहोस् – सिड्नी स्थानीय स्वास्थ्य जिल्ला!
सिड्नी स्थित स्थानीय स्वास्थ्य जिल्लाले एक प्रेस बिज्ञप्ति जारि गर्दै कोभिड – १९का केशहरु बढ्ने क्रम सँगै जनस्वास्थ्य विशेषज्ञ तथा समुदायका अगुबाहरु लाइ समाबेश गर्दै समुदायका सदस्यहरुलाई घरमा रहन आग्रह गरिरहेका छन् । आफु घरमा रहनुहोस र आफन्त हरुलाई पनि घरमा आउन अनुमति नदिनुहोस भन्ने उद्देश्य ले यो बिज्ञप्ति प्रसारण गरिएको हो ।
डाक्टर लिना गुप्ता, पब्लिक हेल्थ सिड्नी लोकल हेल्थ डिक्ट्र्किको चिकित्सकिय निर्देशक अनुसार, “कोभिड – १९ का कडा मापदण्डहरु र भेलाहुन प्रतिबन्धहरु पालना गरेर हामी हाम्रो परिवारहरु र एक अर्कालाई सुरक्षित राख्न सक्ने बताएका छन् ।
“कृपया अत्याबवश्यक नपर्दासम्म घर नछोडनुहोस् । यस समयमा तपाईको घरमा आगन्तुकहरु आउनु हुदैन। यदि तपाईलाई स्याहार अथवा सहायता चाहिएमा, सहयोगको निम्ति मात्र एक जनालाई घरमा बोलाउनु होला”, बिज्ञप्ति मा उल्लेख छ ।
लागु गरिएका थप निशेधाज्ञाहरु बारे हाम्रो समुदाय सचेत हुन आवश्यक छ । किनमेलको निम्ति एक घरबाट मात्र एक जना घर छोडन सक्नुहुन्छ, र पसलहरुमा चाहार्न निषेधित छ, बाहिर ब्यायम गर्दा, तपाईको घरको १० किमी भित्र मात्रै गर्नुपर्ने हुन्छ, सम्पूर्ण बाहिरी भेटघाटहरु दुई ब्यक्तिहरुमा मात्र सिमित छ, एउटै घरपरिवारका सदस्यहरु बाहेक । आफ्नो घरपरिवार बाहेक बाहिरी ब्यक्तिहरुसगँ कारमा संगै सवारी गर्न या आवत जावत गर्न निषेध गरिएको छ ।
“यो भाईरस हाम्रो समुदायहरुमा फैलिरहेको छ । हामी मानिसहरुलाई सचेत हुन र कुनैपनि लक्षण देखा परेमा जाँच गराउन आवश्यक छ” डाक्टर लिन गुप्ता अगाडी भन्छिन ।
“यदि तपाईमा कुनैपनि लक्षणहरु जस्तै : घाँटी दुख्ने, खोकी, ज्बरो, रुघा, देखिएमा तुरुन्तै परिक्षण गराउनुहोस् र सिधै घर जानुहोस् र नतिजा नआउँदासम्म घरमै बस्नुहोस् । आफ्नो परिक्षणको नतिजा पर्खिरहदा तपाई काममा, बाहिर ब्यायम गर्न अथवा बाहिर खाना खान जानुहुदैन् । अलग बसिरहदा सम्भब भएसम्म साझा कोठा र शौचालय प्रयोग नगर्नुहोस् । १.५ मिटरको दूरी राख्नुहोस् र साझा कोठामा हुँदा सबैले मास्क लगाउनुहोस् । साथै, घरायसी सामाग्रीहरु जस्तै गम्छा, बिस्तारा र भाडाँहरु पनि साझा प्रयोग नगर्नुहोस् । यदि तपाईलाई कोभिड – १९ भएको ब्यक्तिको घनिष्ट सम्पर्कको रुपमा पहिचान गरिएमा, तपाई १४ दिनसम्म अलग्गै बस्नुपर्ने हुन सक्छ ।”
हामीलाई थाहा छ, परिवार तथा साथीहरुको हेरचाह गर्न अति आवश्यक छ । अलगै बस्नुपर्ने सट्टा आफ्ना प्रियजनहरुको घरमा गएर सहयोग गर्दा तपाईले राम्रो काम गरिरहेको सोच्नुहोला तर तपाईले किटाणु फैलाउने जोखिम बढाईरहनु भएको छ । कृपया घरमा रहनुहोला र सुरक्षित रहनुहोला ।
यो कठिन छ । तर हामीलाई यो पनि थाहा छ कि यसले काम गर्छ । कोभिड – १९ खतरनाक किटाणु हो । संयुक्तरुपमा, हामी संक्रमण रोक्न सक्छौ भन्ने सूचनामूलक बिज्ञप्ति हरु समुदाय मा जारी गरेको छ ।
थप जानकारीका लागि www.nsw.gov.au/covid-19 मा जान सिड्नी स्थानीय स्वास्थ्य जिल्ला सबैलाई अनुरोध गरेको छ ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...