नीरुको शब्द र न्ह्यूको संगीतमा मन छुने राष्ट्रिय गीत
भिडियो सहित
पत्रकार एवंम् साहित्यकार निरु त्रिपाठीको शब्द, वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत र नेपाल आइडल सिजन २ की प्रतियोगी तथा अहिलेको चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त राष्ट्रिय गीतको छायाङ्कन अघिकांश मेल्वर्नमा नै गरिएको छ। गीतको भिडियो जिवन रसाईलीले निर्देशन गरेका हुन् भने गीतको प्रोडकसन एमएनटिभी इन्टरटेनमेन्टले गरेको हो। गीतमा मेल्वर्नकै नव कलाकारहरु समृद्धि (शाम) हाडा, राहुल गजमेर तथा समुदायका अन्य भाइबहिनीहरुले पनि अभिनय गरेका छन्।
महावाणिज्यदूत चन्द्र योन्जनले कार्यलयले नेपाली भाषा,संस्कृति,पर्यटन र व्यवसाय पर्बर्धन गरिरहँदा नेपाली गीत संगीतको पनि पर्बर्धन गर्नुपर्छ भन्ने हेतुले अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै उक्त देशभक्ति गीत प्रस्तुत गरिएको बताएको छ। कार्यलयले हरेक वर्ष नेपाल पर्यटन प्रवर्द्धन गर्दै आएपनि यसपाली कोरोनाको महामारीले त्यो सम्भव नहुँदा संगीतबाट भएपनि देशको प्रवर्द्धन गरौँ भनेर उक्त राष्ट्रिय गीत निकालेको उनको भनाई रहेको छ। आखिर हामी संसारमा जहाँ जसरी रहेपनि मातृभूमीको माया र महत्व सधै विशेष रहने उनको धारणा रहेको छ।
महावाणिज्यदूत कार्यलयको जनसम्पर्क अधिकृत तथा सचिव समेत रहेकी गीतकार त्रिपाठीको बजारमा आएको यो दोश्रो गीत हो। विदेशमा बसिरहँदा पनि स्वदेशलाई महसुस गरेर राष्ट्रिय गीत लेख्दा मनमा एकदमै आनन्द लागेको उनले बताइन्। देशभक्तिले ओतप्रोत भएको यस गीत महावाणिज्यदूतको कार्यलयले आफ्नो देश नेपाल,विश्वको हरेक कुनामा बस्ने समस्त नेपालीहरु र नेपाललाई माया गर्ने सबै शुभचिन्तकहरुप्रति समर्पित गरेको छ ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...