नेप्लिज रिक्रियसनल क्लबमा नयाँ कार्य समिति 

-- The NTA / प्रकाशित मिति : शुक्रबार, भदौ ३, २०७३

NRC_AGM (1)बिबिध खेलकुद गतिबिधिमा सक्रिय भइ खेलको माध्यमले अस्ट्रेलियाको नेपाली समुदायलाई जोडदै आइ रहेको नेप्लिज रिक्रियसनल क्लब (NRC) ले खेलकुद गतिबिधि बाहेक हालै संस्थाको बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत १४ अगस्टमा सम्पन्न साधारण सभाबाट आगामी कार्यकालको लागि बिष्णु हमालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष- सुबर्ण शर्मा, माहासचिब- अञ्जना सिंह श्रेष्ठ, कोषाध्यक्ष- दिलिप भारती, पब्लिक अफिसर- सन्जु रोक्का चयन हुनु भएको छ ।  त्यसै गरि संस्थाको स्पोर्ट्स को-अर्डिनेटरमा ब्याडम्यानटिन तर्फ संजय श्रेष्ठ, गल्फका लागि ज्ञानु पोख्रेल, टेनिसका लागि प्रवीण श्रेष्ठ र टेबल-टेनिसका लागि कुलदीप प्रधान चयन हुनु भएको छ । त्यस्तै आइटि को-अर्डिनेटर नबिन रायमाझी, स्पोन्सरशिप को-अर्डिनेटर राजेन्द्र कंडेल, कल्चरल को-अर्डिनेटर प्रताप श्रेष्ठ हुनु हुन्छ । कार्यसमितिका सदस्यहरुमा सहारा बस्नेत र सुमन न्यौपाने चयन हुनु भएको छ । संस्थाले संस्थाको सल्लहाकारमा डा. शम्सेर सिंह थापा, भावनी वोली, रमेश पाण्डे, श्री नापित, डा. सिता राम जोशी, देब गुरुङ, डा. कृष्ण कुमार श्रेष्ठ र जबिन श्रेष्ठलाई चयन गरेको छ ।

थप कार्यसमिति सदस्यहरु संस्थाको पहिलो बैठकबाट चयन गरिने पनि संस्थाका अध्यक्ष बिष्णु हमालले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताउनु भयो । संस्थाका गतिबिधि र थप जानकारीका लागि संस्थाको वेब साइट www.nrc.org.au मार्फत प्राप्त गर्न सकिनेछ ।