श्वेताको “प्रेमबस्ती”  सिड्नीमा 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४
बिगत आठ बर्ष देखि सिड्नीलाई कर्मथलो बनाएर आमा-बुवा, गुरुहरु, मातृभूमि र साथी-संगी संग प्रेम रच्दै बसेकी श्वेता मैनालीको पहिलो कबिता संग्रह  “प्रेम बस्ती” एक कार्यक्रम बीच गत २ सेप्टेम्बरका दिन सिड्नीमा लोकार्पण भएको छ । नेपालका चर्चित गायक शिव परियारको स्वरको “नभेटी नभेटी” गीत  कि रचयिता श्वेता मैनालीको यस कविता संग्रहको लोकार्पण कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एन एस डब्ल्यु अस्ट्रेलियाको आयोजनामा भएको थियो ।  एन एस डब्ल्यु लागि नेपाली महावाणिज्य दूत दिपक खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न  सो कार्यक्रममा पुस्तक लोकार्पण प्रमुख अतिथि खड्का, नेपाली समुदायका अगुवा डा नारायण प्रधान, कबि मैनालीका श्रीमान रामु भण्डारी, कबि मैनालीका ससुरा बुवा कुलानन्द भण्डारी, अनेसास एनएसडब्ल्यु अस्ट्रेलियाकी अध्यक्ष्य सानु घिमिरे तथा साहित्यकार सुरेन्द्र दवाडीले संयुक्त रुपमा गरेका थिए।
कार्यक्रम समापन संगै अन्तराष्ट्रिय नेपाली  साहित्य, एनएसडब्लु  सचिव दिपक निरौलाले एक प्रेस बिज्ञप्ति जारि गरि व्यस्त समय तालिका बीच पनि कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफलता साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद धन्यवाद दिएका छन् ।  बिज्ञप्तिका अनुसार नेपाल  र अस्ट्रेलियाको राष्ट्रिय गान पश्चात शुभारम्भ भएको सो समारोहमा कवि मैनालीका ससुरा कुलानन्द भण्डारीले आफनी बुहारीको सिर्जना र क्षमता माथि गर्व गर्दै “मातृत्व कमजोरी होइन शक्ति हो ” भन्ने प्रमाणित भएको भन्दै शुभकामाना सहित  स्वागत मन्तव्य राखेका थिए। प्रेमिल भावनाका ३३ वटा कबिता रहेको सो संग्रह बिमोचन पश्चात कवि सुरेन्द्र दवाडीले पुस्तक समिक्षा प्रस्तुत गरेका थिए।  कवि श्वेता मैनालीले आफ्नो छोटो प्रेमिल मन्तव्य  सहित  “म फर्किनु पर्छ अरे”,  “सफेद तीज” र “आज फेरी रिसायौ फकाउनै आएन” शिर्षकका तीन कविताहरु बाचन गरेर दर्शक तथा श्रोताहरुलाई मन्त्र मुग्ध पारेकी थिईन।
नेपाली समुदायको तर्फबाट कवि श्वेता मैनालीको लेखन र पुस्तक प्रेमबस्तीलाइ शुभकामना दिदै महाबाणिज्यदूत दिपक खड्काले  अस्ट्रेलियाको नेपाली साहित्यमा यो कृतीले महत्वपूर्ण स्थान ओगट्ने बिश्वाश रहेको बताए। कार्यक्रमको समापन गर्दै अनेसास  एनएसडब्ल्युकी अध्यक्ष तथा कार्यक्रमकी  सभाध्यक्ष्य सानु घिमिरेले विवाह पश्चात र छोरा छोरी जन्मिसकेपछि नारी सर्जकहरुले  लेखनका बिश्राम लिएका बिबिध उदाहरण बीच  श्वेता रोल मोडेलको रुपमा उदाएको बताइन् । पुस्तक हस्ताक्षर सहित सम्पन सो कार्यक्रममा उपस्थिति सहभागीहरु ले श्रष्टालाई शुभकामना व्यक्त गरेका थिए।