समस्यामा सलमान

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, असार ३०, २०७३

Salmal Khanजूलाई ६ का दिन वल्र्डवाइड रिलिज हुने बलिउडको नयाँ फिल्म ‘सुल्तान’ को पब्लिसिटीका क्रममा बोलेको एउटा वाक्यका कारण सुपरस्टार अभिनेता सलमान खान समस्यामा परेका छन् । फिल्मको प्रोमोसनका लागि बोल्ने क्रममा सलमानले बलात्कृत युवतीको उदाहरण दिएका थिए, जसका कारण यो विषय अदालतसम्म पुग्यो । सलमानले एउटा अन्तर्वार्ताका क्रममा सुल्तानको कुस्तीको दृश्य छायांकन गर्दा आफू थकित भएर अखडाबाट बाहिरिँदा सामूहिक बलात्कार–पीडित किशोरीजस्तो महसुस भएको बताएका थिए । ‘कुस्तीको दृष्यमा छायांकन गर्नु निकै मुस्किल थियो, म पाइला समेत अघि सार्न सक्दिन थिएँ, सलमानको भनाइ यस्तै थियो । सलमानको यही भनाइका कारण भारतको हरियाणास्थित हिसारकी सामूहिक बलात्कार–पीडित एक युवतीले सलमानसँग १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेकी छिन् । पीडितले पन्जाब तथा हरियाणा हाइकोर्टको माध्यमबाट सलमानलाई नोटिस पठाएकी हुन् । सलमानको सार्वजनिक टिप्पणीका कारण आफ्नो छवि थप धमिलिएको ती युवतीको तर्क छ ।