साना ब्यबसाय सहयता अनुदान – आवेदनको म्याद थप !  

३० जुन सम्म आवेदन भर्न सकिने ।
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७

कोभिड-१९ को मारमा परेका साना ब्यबसायी हरुलाई न्यु साउथ वेल्स सरकारले प्रदान गर्ने अनुदानको लागि आवेदन दिने म्याद १ महिनाका लागि थप गरिएको छ । साना ब्यबसाय हरुलाई सरकारले अर्थतन्त्र र समग्र रोजगारीको मेरुदण्ड मानेको छ । तसर्थ यस्ता ब्यबसायहरु लाइ बन्द हुनबाट रोक्न राज्य सरकारले सुरुमै आफुले सक्दो सहयोग गर्ने बताएको थियो । यो अनुदान केन्द्र सरकारले प्रदान गरेको जब किपरको अतिरिक्त सहयोग हो । अनुदान अष्ट्रेलियन डलर १० हजारको छ ।

यो नगद अनुदान कम्तिमा १ देखि बढीमा १९ जनासम्म फुल टाईम कर्मचारी भएका साना ब्यवसायीहरु लाई प्रदान गरिने घोषणा गत अप्रिल ३ मै गरिएको थियो। बार्षिक ७५,००० भन्दा धेरै आए व्यय (टर्नओभर) भएका र कोभिड-१९ बाट अति प्रभावित ब्यबसायीहरु लाइ आफ्नो ब्यवसाय संचालन गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो फण्ड छुट्टयाईएको जानकारी एनएसडब्लु राज्य सरकारले जनाएको छ ।

सुरुमा घोषणा गरिए अनुसार आवेदनको म्याद ३० मे सम्म मात्र थियो भने अब यो बढाएर ३० जुन सम्म आवेदन दिन सकिने भएको छ । यस सम्बन्धमा ३० मे  शनिबारका दिनका दिन ट्रेजरर डोमिनिक पेरोटेट, ग्राहक सेवा मन्त्रि भिक्टर डोमिनेल्लो र अर्थ तथा साना ब्यबसाय सम्बन्धि मन्त्रि ड्यामियन टड्होप द्वारा आयोजित सयुक्त पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

साना ब्यबसायीहरु लाइ प्रदान गरिएको अनुदानले अहिलेसम्म करिब ४० हजार ब्यबसायीहरु लाभान्वित भैसकेका छन् | यो थप प्रदान गरिएको एक महिना समयमा  छुटेका ब्यबसायीहरु पनि लाभान्वित हुने सरकारले अपेक्षा राखेको छ ।

थपिएको म्याद अनुसार अब जुन ३० तरिख रति ११.५९ सम्म मापदण्ड पुर्याएर गरिएको आबेदनलाइ सरकार ले $१०,००० अनुदान प्रदान गर्ने भएको छ। आवेदन फर्म र मापदण्डहरुका बारेमा जानकारी तलको लिंक  मार्फत प्राप्त गर्न सकिने छ ।

www. service.nsw.gov.au/covid-19  वा www. nsw.gov.au/covid-19