१८ रनले हार्‍यो नेपाल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, माघ २२, २०७६

काठमाडौं-  आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो ।

कीर्तिपुस्थित टीयू मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । तर मध्यम लक्ष्य पाएको नेपालले शुरुआतमै विकेट गुमाउँदा राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।