मेल्वर्नमा प्रमोदले धमाका गर्दै

-- नेपाली टाईम्स मेलबर्न / प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४

नेप्को इन्टरनेसनलको प्रस्तुतीमा यही आगामी २०१८ जनवरी ६ , शनिबार स्टोनिया हाउसमा न्यू इयर धमाका कार्यक्रम हुने भएको छ । प्रवेश शुल्क २० डलर तोकिएको यस कार्यक्रमलाई ग्रेस इन्टर्नेशनल कन्सल्टेन्सिले प्रायोजन गरेको छ । नेपाली टाईम्स मेल्वर्नसँग कुरा गर्दै आयोजकको तर्फबाट विराज थापाले कार्यक्रम भव्य र व्यवस्थित हुने र अधिकांस  टिकट विक्रि भइसकेको बताएका छन् । कार्यक्रममा लोकप्रिय कलाकारहरु प्रमोद खरेल, सम्झना लामिछाने मगर, प्रकाश सपुत, पूर्णिमा लामाको प्रस्तुती रहने छ । त्यसैगरी देवल भण्डारी र अविनाश न्यौपानेको उद्घोषण कलाले कार्यक्रमलाइ थप उल्लासमय बनाउनेछ ।