नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धीहरु काे साथमा ‘वेलकम २० अठार’ हुँदै

कार्यक्रममा १८ वर्षभन्दा माथी उमेरकाले मात्र प्रवेश पाउनेछन् ।
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस २३, २०७४

अष्ट्रेलियामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । जनवरी महिनाभर यस्तै कार्यक्रमहरु चलिरहँदा जेन माइग्रेसन एण्ड एजुकेशन र तन्दुरी फ्युजनले पनि संयुक्त रुपमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेका छन् । केही समय अगाडी सम्पन्न नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धीहरु सुरज थापा, केन्जल मेहर र सागर आले मगरको प्रस्तुती रहने उक्त कार्यक्रम, ‘वेलकम २० अठार’ मा डिजे पार्टीको समेत मज्जा लिन सकिनेछ । डिजेमा मिस्टा च्याम्-ब्लिङ्ग रहनेछन्। आगामी २५ जनवरीमा ८ व्हाइटम्यान स्ट्रिट साउथब्याङ्क स्थित क्राउन इन्टरटेनमेन्ट कम्प्लेक्समा हुने कार्यक्रममा १८ वर्षभन्दा माथी उमेरकाले मात्र प्रवेश पाउनेछन् । बेलुका ७ बजेदेखि सुरु हुने कार्यक्रम अर्को दिनको बिहान २ बजेसम्म चल्नेछ । टिकटको लागि मेलबर्नमा रहेका जुनसुकै नेपाली स्टोर तथा रेस्टुरेन्टहरुमा सम्पर्क गर्न सकिनेछ ।