एकएक डलरको सहयोग मानिसहरुको माया र आर्शिर्वादको रुपमा लिएकी छु – अन्सुना महर्जन

-- निरु त्रिपाठी, नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, पुस २५, २०७४
अन्सुना महर्जन, भिक्टोरीयाको नेपाली समुदायमा एउटा सशक्त सदस्य हुन् । नेपाली समुदायको विभिन्न साँस्कृतिक तथा अन्य कार्यक्रममा पनि उनले नृत्यबाट होस्, स्वयंम्सेवक वा अन्य विभिन्न क्षेत्रबाट आफ्नो खुबी देखाइसकेकी छिन् । अष्ट्रेलियाको मेलबर्नमा बसेर अध्ययन गर्दैगरेकी हँसिलो मुहार, मिठो बोली , सहयोगी भावना र उच्च मनोबलकी अन्सुनाले गत अक्टोबरमा विद्यार्थी भिसाको अवधि थप गर्ने प्रक्रियामा मेडिकल जांचको लागि डाक्टरलाई भेट्न गइन् । हुन त उनलाई केहीदिनदेखि अलि सन्चो पनि भइरहेको थिएन ।
स्वाथ्य जांचमा उनको धड्कनमा समस्या देखियो र मुटुमा प्वाल परेको पुष्टी भयो । डाक्टरले उनको मुटुको जति सक्दो छिटो शल्यक्रिया गर्नुपर्ने र उक्त शल्यक्रियाको लागि ४० हजार अष्ट्रेलियन डलर खर्च लाग्ने बताएका छन् ।
टाउको दुख्ने, वाकवाकी लाग्ने र जीउ आलस्य पनि भइरहेको थियो । उनले सोचिन् केही सामान्य होला तर मेडिकल रिपोर्टमा त्यति ठूलो समस्या रहेको कुरा अन्सुनाले कहिल्यै अनुमान पनि लगाएकी थिइनन् । स्वाथ्य जांचमा उनको धड्कनमा समस्या देखियो र मुटुमा प्वाल परेको पुष्टी भयो । डाक्टरले उनको मुटुको जति सक्दो छिटो शल्यक्रिया गर्नुपर्ने र उक्त शल्यक्रियाको लागि ४० हजार अष्ट्रेलियन डलर खर्च लाग्ने बताएका छन् ।
अन्सुनाले नेपाली टाइम्स् मेल्वर्नलाई बताएको अनुसार, उनले नेपालको डाक्टरसँग पनि सम्पर्कमा रहिरहेकी छिन् । नेपालमा शल्यक्रिया गर्दा यहाँ जति महँगो त नपर्ला तर पनि नेपाल फर्केर उपचार गर्ने अथवा यही शल्यक्रिया गर्ने दुवै विकल्पको लागि अहिले उनीसंग त्यतिधेरै पैसा पनि छैन । स्वास्थ्य तथा भिसाम्यादले गर्दा उनले काम पनि गर्न पाएकी छैनन् । परिवारको आर्थिक स्थितिपनि त्यतिधेरै बलियो नभएका कारण यदि नेपाली समुदाय र अन्य संघसंस्थाहरुले सहयोग गरिदिदाँ परिवारलाई अलिकति भएपनि आर्थिक भार कम हुने उनको मान्यता रहेको छ ।
मलाई सहयोग गर्नेहरुप्रति मेरो एकदमै श्रद्धा रहेको छ, मैले पछि पैसा नै दिएर यो सहयोगको ऋणबाट मुक्त त हुन सक्दिन होला तर पनि अन्य तरिकाले सन्चो भएपछि म आफूलाई समाजप्रति समर्पित गर्न चाहन्छु र केही असल काम गरेर धन्यवाद पनि दिन चाहन्छु ।

हजुरआमाले कहिलेकाँहि खर्च गर्न पैसा दिदाँपनि १, १ रुपैयाँ बचत गरेर राखेको हजुआमाको पैसा हजुरआमालाई नै चाँहिन्छ भनेर कहिले पैसा नलिने अन्सुनाले आफ्नो लागि सकेसम्म कसैको पनि पैसा लिन नपरोस् र अब चाँडै आमाबुबालाई पनि अष्ट्रेलिया पठाउन लागेको ऋण चुक्ता गर्छु र पछि पनि आफूले सक्दो अर्थिक सहयोग पनि गर्नेछु भन्ने उनको सोच थियो । तर एक्कासी यस्तो वज्रपात परिदिँदा सुरुमा उनलाई के गर्ने कसो गर्ने केही थाहा भएन । मिडियामा आएर, समुदायमा र अरुसँग आफ्नो स्वाथ्यकालागि हात फैलाउन पनि उनलाई असजिलो महसुस भयो । नेपाली समुदायका मानिसहरु र संघसंस्थाले म जस्तो विरामीहरुलाई कति सहयोग गरिरहेको छ र त्यसमाथि अब म पनि फेरि बोझ हुने भए भनेर उनी चुप लागेर नै बसिरहेकी थिइन् । तर उनका साथीहरु तथा समुदायका केही व्यक्तिहरुले त्यसरी नसोच्नको लागि आग्रह गरेपछि र यसरी दुःख पर्दा सहयोग गर्नु समाजमा बसेका र समाजमा खोलिएका विभिन्न संघसंस्थाहरुको दायित्वभित्र पर्दछ भनेपछि उनी मिडियामा आउन चाहिन् र गो फन्डमार्फत् आर्थिक सहयोगको लागि अपिल गरिन् ।
उनलाई सहयोग गर्नेहरुप्रति उनी आभारी छिन् । अहिले उनले एकएक डलरको सहयोग मानिसहरुको माया र आर्शिर्वादको रुपमा लिएकी छिन् । नेपाली टाइम्स् मेल्वर्नसँग कुरा गर्दै उनी भन्छिन्र्र्, मलाई सहयोग गर्नेहरुप्रति मेरो एकदमै श्रद्धा रहेको छ, मैले पछि पैसा नै दिएर यो सहयोगको ऋणबाट मुक्त त हुन सक्दिन होला तर पनि अन्य तरिकाले सन्चो भएपछि म आफूलाई समाजप्रति समर्पित गर्न चाहन्छु र केही असल काम गरेर धन्यवाद पनि दिन चाहन्छु ।’’
अन्सुनालाई बचाउनको लागि नेपाली वाणिज्यदूत कार्यलय भिक्टोरीया, गुठी अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलिया, नेप्लीज् एसोसिएसन अफ भिक्टोरीया, अन्य विभिन्न संघसंस्थाहरुले अर्थिकदेखि लिएर खन्य विभिन्न सहयोग अभियान चलाइएको छ । उक्त अभियानबाट २० हजार डलर संकलन गर्ने लक्ष्य लिइएतापनि अहिलेसम्म ४ हजार जति डलर मात्र संकलन भएको छ। उनलाई धेरै भन्दा धेरै जनाको सहयोगको खाँचो छ ।
अन्सुनालाई सहयोग गर्न चाहनेहरुले https://www.gofundme.com/donation-for-heart-surgeryanshuna मा गएर सहयोग गर्न सक्नुहुने छ ।