मगर समाज भिक्टोरियाले माघे संक्रान्ति विशेष कार्यक्रमको आयोजना गर्ने

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २६, २०७४

अष्ट्रेलियामा बस्ने नेपालीहरु देशबाट टाढा रहेता पनि आफ्नो देशका सबै चाड पर्वहरु धुमधामका साथ मनाउँछन् । उनीहरु आफ्नो कला संस्कृतिको प्रबर्द्धन र सम्बर्द्धनको लागि सधै एक भएर अगाडी बढ्ने गर्छन् । आउंदै गरेको माघे संक्रान्ति पर्व मनाउनको लागि समेत नेपालीहरुले विभिन्न कार्यक्रमको तयारी गरिरहेका छन् । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपाली मगर समुदाय ‘मगर समाज भिक्टोरिया’ ले पनि माघेसंक्रान्ति विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम आगामी २७ जनवरीमा हुनेछ । भेटघाट र शुभकामना आदान प्रदान सहितको कार्यक्रम कोबर्ग लेकमा १० बजेदेखि ३ बजेसम्म हुनेछ।