मेलवर्नमा मिष्टर झाेले अाउँदै

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, पुस २८, २०७४

नेपाली फिल्म मिस्टर झोले अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन हुने भएको छ । नेपाल र अष्ट्रेलियाको सिड्नीमा प्रिमियर शो गरिसकेपछि मेलबर्नमा शो हुनेभएको हो । बिग बेली र हिमाल रेमिट संगको सहकार्यमा नेप्ले इभेन्टले कमेडी चलचित्र मिस्टर झोले प्रदर्शनको आयोजना गरेको हो । शोमा हाल अष्ट्रेलिया आएकी यसै चलचित्रकी अभिनेत्री वर्षा राउत रेड कार्पेटमा देखिनेछिन् । रामबाबु गुरुङद्वारा निर्देशित तथा दयाहाङ राइको मुख्य अभिनय रहेको चर्चित चलचचित्रमा वर्षा राउत, दिया पुन र हास्य अभिनेता बुद्धि तामाङको अभिनय हेर्न सकिनेछ। आगामी २८ र २९ जनवरीमा हुने फिल्म प्रिमियर शो २०० Burkr Street चाइनाटाउन सिनेमामा हुनेछ। २८ तारिख आइतबार बेलुका ८ बजेदेखि र २९ तारिख सोमबार बेलुका ७:३० बजेदेखि शो सुरु हुने बताइएको छ । शो सम्बन्धि विस्तृत जानकारी तथा प्रायोजनको लागि ०४४९९३५५१५ मा सम्पर्क गर्न सकिनेछ।