सुरेन्स फोटोग्राफी टीमकाे ‘न ढल्छ दिन’ म्युजिक भिडियाे सार्वजनिक

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शनिबार, माघ २७, २०७४

माया आँफैमा अनौठो छ। यस्का हजार परिभाषा छन तर जस्ले मायालाई जे सुकै भने पनि आफुले माया गर्ने, चाहने मान्छेलाई आफ्नो मनको कुरा भनी हाल्नु पर्छ भन्ने भाब सन्देश राखेर अष्ट्रेलियामासुरेन्स फोटोग्राफी नामक परिचित सुरेन श्रेष्ठ र उनको टिमले “न ढल्छ दिन” भन्ने बोलको निकै मिठो गीत बजारमा ल्याएको छ। हरेक म्युजिक भिडियो लाई छोटो कथानक फिलिम जस्तै देखाइ भिडियोको अन्त्यमा केही मेसेज दिन्न खप्पिस उक्त टिमको यो एघारौ म्युजिक भिडियो हो। नेत्र कोइरालाको शब्द , स्वरुप राज आचार्यको संगीत रहेको उक्त गीतका गायक सिड्नी मै बस्नु हुने राजकुमार पौडेल हुन भने उक्त भिडियोमा टेक बयल्कोतिको छायाङ्कन, निशान घिमिरेको सम्पादन, जिना निरौलाको कोरियो ग्राफी र सुरेन श्रेष्ठको निर्देशन रहेको छ। उक्त गीत राजकुमारको पहिलो म्युजिक भिडियो मात्र नभै आफुले पनि पहिलो पटक मोडेलको रोल निर्वाह गरेका छन जस्मा उन्कै श्रीमती मनिला कोइरालाले साथ दिएका छन । यो गीत राज र मनिलाको छैटौ एनिभर्सरीमा रिलिज गरिएको हो। भिडियाे….