परोपकारिताका लागि पद यात्रा “वल्क फर वेलफेर वेलफेर फर वुमन”

-- सुजित सिग्देल / प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४

जन्मभूमि छोडेर कर्मभूमि तिर लाग्दै गर्दा सबैका आफ्नै सपना थिए, ती सपना सँग पैंठेजोरी खेल्दै गरेका धेरैका आफ्नै व्यथा छन् अनि आफ्नै कथा । घरपरिवार छोडेर विदेश आउँदा सबै भन्दा नजिकको भनेको आँफू सँग एउटै भान्छा प्रयोग गर्ने या कोठा शेयर गरेको व्यक्ति हुन्छ । बिबाहितको हकमा श्रीमान वा श्रीमती अन्यको हकमा साथीहरु वा नजिकका इष्टमित्र । त्यो भन्दा पनि अलिकति बिदेशी भूमिमा भाषा र भावाना बुझ्ने एकै भूगोलको मानिस ।
त्यसैले पनि संघर्षका सुरुका दिनहरुमा कसैले तपाईलाई कस्तो छ ? ल है केहि सारो गार्हो परे सम्झनुस, हामी सबै एकै परिवारका सदस्य हौं भनिदियो भने मात्र पनि त्यो लाख हुन्छ, त्यो ठूलो आधार हुन्छ । चाहे अरबको उखरमाउलो गर्मी होस् वा सम्पन्न राष्ट्रका बातानुकुलित बाताबरण एउटा भिन्न सपना र सुखद भबिष्यको परिकल्पनामा विदेशिनेमा ठूलो संख्या युवाहरु को नै छ । यसरी विदेशिने युवायुवतीहरु लाई त्यहाँको बाताबरणमा घुलमिल हुन संधै असहज नै भएको देखिन्छ । यसको मुख्य कारण भनेको हाम्रो घरेलु बाताबरण र शिक्षा नै हो जसले हामीलाई प्रयोगात्मक भन्दा संधै सैदान्तिक शिक्षा संग मात्रै जोडीरह्यो जसका कारण हामी भिन्न बाताबरण संग घुलमिल हुन नै गाह्रो र कमजोर आत्मबलको शिकार भइ रहयौं ।

घरहरु बिग्रे सम्हालौंला, तर स्वास्थ्य बिग्रियो भने, या यी र यस्तै सयाैं कारणले महिला दिदीबैनीहरुमा असन्तुष्टि, मनमा ग्लानी र नैराश्यता बढ्दै मानसिक रोगको शिकार हुने र आँफैलाई हानि हुने गलत निर्णयसम्म गर्न सक्ने परिस्थितिमा पुगे भने त्यसले परिवारमा ल्याउने बिग्रह, छोरा छोरीमा पर्ने असरको हामी कल्पनासम्म पनि गर्न सक्दैनौ ।

नेपालमा माध्यमिक वा उच्च–माध्यमिक शिक्षासम्मको अध्ययन सकेर उच्चशिक्षाका लागि बिदेशीने या आँफू र आफ्नो सन्ततिको उज्वल भविष्यको कामना गर्दै ठिकठाक कै जागिर या व्यबसाय छोडेर विदेश रोज्ने नेपालीहरुको एउटा ठूलो समूहको प्रतिनिधित्व गर्ने मध्यको देश हो अष्ट्रेलिया पनि । भर्खरै आएका बिद्यार्थीहरुलाई अब के काम गर्ने कसरि कलेजको फि तिर्ने भन्ने कुरामा ठूलो अलमल हुनु स्वाभाबिक नै हो तर कुनै शिप या शिक्षा सहित माइग्रेसन भिषामा आएकाहरुलाई समेत यहाँ को श्रम बजारले अन्यौलता सिर्जना गर्छ । किनकि हाम्रो सामाजिक परिवेश, प्रयोगात्मक शिक्षाको अभाब र हामी हुर्केको समाजले हामीलाई जीवनको अत्याबश्यक प्रयोगात्मक ज्ञान भन्दा पनि कागजी ज्ञान र फरक शैली सिकाएको छ ।
धेरैको नैराश्यता त्यहिबाट सुरु हुन्छ । अर्कोतिर पुरुष प्रधान हाम्रो समाजले हामीलाई अलिकति फरक ढंगले हुर्कायो, फरक शैली सिकायो । महिला दिदीबैनीहरु लाई चुल्हो चौका र घरका कामहरुमा बढी र पुरुषलाई अलिक मताएको हाम्रो सामाजमा यस्तो बिकशित देशमा आउनासाथ यसले फरक खालका समस्याहरु अगाडि ल्याएको हामीले देखेका छौ । महिलाहरु प्राकृतिक रुपमा अलिकति कमजोर हुन सक्लान् तर यो देशमा आइसकेपछि उनीहरुको प्रतिभालाई कम आँकलन गर्दा र नेपाली शैली यहाँपनि अप्नाउन खोज्दा धेरै घरहरु बिग्रेका छन् । घरहरु बिग्रे सम्हालौंला, तर स्वास्थ्य बिग्रियो भने, या यी र यस्तै सयाैं कारणले महिला दिदीबैनीहरुमा असन्तुष्टि, मनमा ग्लानी र नैराश्यता बढ्दै मानसिक रोगको शिकार हुने र आँफैलाई हानि हुने गलत निर्णयसम्म गर्न सक्ने परिस्थितिमा पुगे भने त्यसले परिवारमा ल्याउने बिग्रह, छोरा छोरीमा पर्ने असरको हामी कल्पनासम्म पनि गर्न सक्दैनौ ।

अघिल्लो सालको पदयात्रा बिद्यार्थीप्रति लक्षित थियो र त्यो कोष यति बेला कार्यन्वयनको चरणमा छ । त्यसको अलवा एनआरएनएको आफ्नै परोपकारी कोष पनि छ जसले दुःख सुखमा परेका धेरै नेपाली जनलाई धेरै पटक धेरै किसिमका सहयोगहरु उपलब्ध गराएको छ ।

नेपाली समुदायमा हुन सक्ने या घटेका यस्ता घटनाहरु मध्ये धेरै पीडा लुकाएर बसेका हुन्छन त्यसैले धेरै कुराहरु त बाहिर नै आउँदैनन् । आजको यो बिकशित युगमा र यति बिकशित देशमा बसेर पनि कुनै पनि व्यक्तिले घरेलु हिंसा गरिरहेको छ भने त्यो भन्दा लाजमर्दो अरु केहि हुँदैन । अर्को तर्फ यस्ता हिंसा सहेर बस्दा परिवार एकै छिन मिलेको जस्तो देखिए पनि त्यो भित्र भित्र सल्केको आगो जस्तो हुन्छ त्यसैले यस कुरा बाहिर ल्याउनु स्वयं पिडितको दायित्व हो । यस्ता घरेलु हिंसालाई हामी सबैले शसक्त रुपमा “शून्य” मा पुराउन सक्नु पर्दछ ।
यहि र यस्तै खालको सन्देश र जनचेतना जगाउने, केहि फण्ड रेज गर्ने र त्यस्ता फण्डको ठूलो हिस्सा त्यस्तै दिदीबैनीहरु को वेलफेयरको लागि खर्चने उद्देश्यका साथ बिगत बर्षहरुमा एनआरएनएले गर्दै आइरहेको परोपकारिताको लागि पदयात्रा ( वल्क फर वेलफेर ) लाई यो पटक मानसिक रोग र घरेलु हिंसा बिरुद्द जनचेतना जगाउने उद्देश्यले “वाल्क फर वेलफेयर, वेलफेयर फर वुमन” को सन्देश सहित आउँदो मार्च १० मा सिड्नीबाट सुरु हुँदैछ, यो अभियानको संयोजन एनआरएनए अष्ट्रेलिया भित्र कै नारी निकुञ्ज अष्ट्रेलियाले गर्दैछ र यसको संयोजकको जिम्मेवारी नारी निकुञ्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक प्रतिज्ञा अधिकारीले गरेकी छन् ।
यस भन्दा आगाडि २ पटकसम्म परोपकारिताको लागि पदयात्रा संचालन गरिसकिएको छ । यहि क्रममा अघिल्लो सालको पदयात्रा बिद्यार्थीप्रति लक्षित थियो र त्यो कोष यति बेला कार्यन्वयनको चरणमा छ । त्यसको अलवा एनआरएनएको आफ्नै परोपकारी कोष पनि छ जसले दुःख सुखमा परेका धेरै नेपाली जनलाई धेरै पटक धेरै किसिमका सहयोगहरु उपलब्ध गराएको छ । एनआरएनए अष्ट्रेलिया कै महत्वाकांक्षी कार्यक्रम जसलाई नारी निकुञ्ज ले संयोजन गरिरहेको छ यसबाट उठेको रकम मध्ये केहि भइ रहेको एनआरएनएको परोपकारी कोषका लागि लैजाने कार्यले यो कोषको स्थायित्व अझ मजबुत हुन सहयोग पुग्ने छ ।

वल्क फर वेलफेर, वेलफेयर फर वुमन
यस बर्ष १ लाख डलरको अर्थ संकलन गर्ने यो महत्वकांक्षी महाअभियान मार्च, अप्रिल र मे महिनाहरुमा अष्ट्रेलियाका पाँच भिन्न भिन्न शहरहरुमा एउटै सन्देस अनि एउटै स्लोगन सहित हुने कार्यक्रमकी संयोजक प्रतिज्ञा अधिकारीले बताईंन । जसमा प्रत्येक व्यक्ति, बिद्यार्थी वा परिवारलाई सहयोग रकम तिरी आफ्नो नाम राजिस्टर गर्न अनुरोध गरिएको छ र सामुहिक रुपमा नेपालको राष्ट्रिय झण्डा र अन्य देश झल्कने झाँकी सहित तोकिएको ठाउँमा संगै हिड्दै एकतिर बिदेशीमाझ देश चिनाउँदै त अर्कोतिर पवित्र उद्देश्यका लागि अर्थ संकलन हुनेछ । जस अनुसार सिड्नीमा शनिबार १० मार्च, क्यानबेरामा १७ मार्च, ब्रिसबेनमा आइतबार १८ मार्च, एडिलेडमा २४ मार्च, मेलबर्नमा २९ मार्चमा हँुदैछ डार्विन र पर्थको मिति छिट्टै तय गरिंदैछ । व्यबसायिक महानुभाबहरुले यस्मा आफ्नो व्यबसायबाट स्पोन्सर वा सपोर्टर बन्नका लागि बिशेष अनुरोध सहित अन्य सहभागीको हकमा बिद्यार्थी वा आगन्तुक अभिभाबकलाई ३० डलर, अन्य व्यक्तिका लागि प्रति व्यक्ति ६० डलर र परिवारको लागि प्रति परिवार १५० डलरको सहभागिता शुल्क तोकिएको छ ।

फण्ड कसरि ब्यबस्थापन हुन्छ ? महिला दिदीबैनीहरु कसरि यो फण्डबाट लाभान्भित हुन्छन ?
नारी निकुञ्जले यस भन्दा अगाडि धेरै परोपकारी र जनचेतनामूलक कार्यहरु गर्दै आइरहेको भए पनि अष्ट्रेलिया कै दिदीबैनीलाई लक्षित गरि कोष संकलन गर्ने र तिनका हितमा र समजिक जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रम मार्फत खर्चने चाहिं यो पहिलो प्रयास हो । यो अभियानबाट उठेको रकमको केहि हिस्सा (४० प्रतिशत) आहिले एनआरएनए अष्ट्रेलियाको मातहतमा रहेको सामजिक कल्याणकारी कोषमा जाने र बाँकि रहेको रकम नारी निकुञ्ज मार्फत महिला हिंसा, घरेलु हिंसा र मानसिक रोग पिडितका लागि खर्च गर्ने हालको लक्ष्य हो । यो पदयात्रा सकिए लगतै नारी निकुञ्जले यहाँका पुराना अग्रज र बिशेषज्ञ समुह जस्तो की नेपाली चिकित्सक एवं स्वस्थ्यकर्मीहरु को संस्था र अन्य सामाजिक संघ संस्थाहरु संग समन्वय गर्दै कोष संचालन, समस्या पहिचान र त्यस्ता समस्यालाई कसरी कुन तरिकाले हल गर्ने । कसरी यस्ता पिडितलाई आफ्ना समस्या राखेर उचित सरसल्लाह र उपचारको दिशामा अगाडि बढ्ने भन्ने कुरामा नारी निकुञ्ज अगाडि बढ्ने छ । यस पटक नारी निकुञ्जको लगभग सबै राज्यमा समिति छ जसले गर्दा ती समितिहरु मार्फत पनि समस्या पहिचान गर्न, समस्यामा रहेकाहरु सम्म सहज पुग्न सजिलो हुने बिश्वास लिइएको छ । यस्तो गर्दै गर्दा कुनै पनि घरेलु हिंसाका शिकार बनेका र मानिसक रोगको मारमा परेका महिला दीदीबैनीहरु को या ब्यक्ति बिशेषको व्यक्तिगत स्वतन्त्रता र प्राइभेसीलाई पूर्ण रुपमा सम्मान गर्दै कुनै पनि पिडितलाई आँफूै मातहत सहयोगको लागि हात बढाउने कि सम्बन्धित बिज्ञसम्म पुग्ने सहयोगीको भूमिकाको रुपमा काम गर्ने भन्ने कुरामा बिशेष ध्यान दिइने पनि कार्यक्रम संयोजक प्रतिज्ञा अधिकारीले बताइन् ।

फण्ड कसरि सस्टेनएबल बनाउने
महिला दिदीबैनीहरुलाई लक्षित गरि कोष र फण्ड उठाउन खोजिएको यो पहिलो प्रयास हो त्यसैले पनि यो कोष कतिको सदुपयोग हुन्छ । कस्ता खालका समस्याहरु लाई सम्बोधन गर्नु पर्छ यी सबै कुरामा सबै परिक्षण क्रममै छौं । नारी निकुञ्ज चाहन्छ जति सके धेरै दिदीबैनीहरु जो यस्ता समस्याबाट पिडित छन् सबै बाहिर आउन र यस्ता समस्या नेपाली समुदायमा शून्य शहनसिलाता (जिरो टोलेरंस) होस् । त्यसैले नै कोष कति प्रयोग हुन्छ भन्ने कुरामा निर्धारण गर्छ । त्यसैलाई हेरेर आगामी दिनहरु यो फण्ड कसरि निरन्तरता या सस्टेनबल बनाउने भन्ने कुरामा संस्था भित्र छलफल गर्ने पनि नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक समेत रहेकी प्रतिज्ञा अधिकारीले बताईन । सोहि अनुसार आगामी बर्षहरुमा पनि सानो ठूलो सबैको सहभागितामुलक हुने कुनै न कुनै फण्ड रेज कार्यक्रमहरु संस्थाले गर्नेछ । यसो भन्दै गर्दा फण्ड सस्टेनएबल बनाउन सबैको सल्लाह सुझाब र सानो ठूलो सबै आर्थिक सहयोगहरु लाई आत्मसात गर्दै अगाडि बढ़ने छ ।

महिला पुरुष जीबनका अभिन्न अंग हुन् एक अर्काका परिपुरक हुन् एक अर्का प्रतिको समर्पण र प्रेम अनि बिश्वासले नै यो नाता परिपूर्ण हुन्छ । एकले अर्कालाई माया गर्दै गर्दा आदर पनि गरौं, मानब चेतनशिल प्राणी हो त्यही अनुसार ब्यबहार गरौं, त्यहि ब्यबहारले भोलि घर भित्रका साना तिना समस्याहरु हल हुनेछन् ।

अन्त्यमा,
नेपाल छोडेर अष्ट्रेलिया आउँदै गर्दा हामी सबैले सकारात्मक सोच र प्रगतिका फेहरिस्ता दिमागमा राखेर आउने गर्छौ । तर समय, सोच र परिस्थिति संधै एकनास हुँदैन नसोचेका समस्याहरु आउछन् । यसो भन्दै गर्दा लगनशिलता, इमान्दारिता र कर्तब्यनिष्ठका कारण धेरै नेपालीले बिदेशी भूमिमा गगन चुमेका छन् त्यसैका पछिल्ला उदाहरणहरु लिंदा श्रद्दाले लिने नामहरु हुन् शेष घले, उपेन्द्र महतो, जिबा लामिछाने, दिपक खड्का र भबन भट्टहरु । अरु कति अमुक नामहरु होलान् जो आफ्नो लगनशीलताले छुटै पहिचान बनाएका छन् र ती नामहरु हामीसम्म आइपुगेका नहुन सक्छन् ति सबै श्रद्दाका पात्र छन् । बिदेशी भूमि र संघर्षको यी दौरानमा आउने उतार चढाबमा साथ चाहिने भनेको आँफ्ना हुन् आफ्नोपन हो । महिला पुरुष जीबनका अभिन्न अंग हुन् एक अर्काका परिपुरक हुन् एक अर्का प्रतिको समर्पण र प्रेम अनि बिश्वासले नै यो नाता परिपूर्ण हुन्छ । एकले अर्कालाई माया गर्दै गर्दा आदर पनि गरौं, मानब चेतनशिल प्राणी हो त्यही अनुसार ब्यबहार गरौं, त्यहि ब्यबहारले भोलि घर भित्रका साना तिना समस्याहरु हल हुनेछन् । यदि भएन भने निसंकोच ति समस्याहरु बाहिर ल्याऊँ किनकि यस्तो समस्या पर्ने तपाई एक्लो पात्र होइन ।
नेपाली समुदायको कुरा गर्दा यस्ता समस्यामा सहयोग गर्ने यहाँ सरकारी गैर सरकारी र सामाजिक विविध संघ संस्थाहरु छन् । बिभिन्न बहानामा हामी साना ठुला जमघट गर्छौ विविध चाड बाडहरु मनाउँछौ त्यसको एउटै जड फेरि पनि आफ्नोपन नै हो । यहि आफ्नो पनले दोहोराएर यहाँका पुराना अग्रजहरु र नयाँ सबै मिलेर गर्न लागिएको परोपकारीका लागि पदयात्रा “वल्क फर वेलफेयर–वेलफेयर फर वुमन “ मा एक पटक हामी सबैको साथ चाहिन्छ, हामी सबैको सदभाब सहयोग र सामिप्यताको आबश्यकता यो कार्यक्रम सफल बनाउनका लागि छ र त्यो सामिप्यता हामी सबैलाई सधै मिलिरहोस ।